धनकुटा । कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसरी संक्रमित बढेसँगै प्रदेश १ मा स्थापना गरिएको कोभिड अस्पतालमा नयाँ विरामी राख्ने स्थानको कमी भएको छ ।
प्रदेश १ का ३ जिल्लामा नयाँ आईसोलेशन कक्ष निर्माण गर्ने तयारी भैरहेको छ । यसैक्रममा धनकुटामा ४० शैयाको आईसोलेशन कक्ष निर्माण गरिने धनकुटा विपत व्यवस्थापन केन्द्रले जनाएको छ । कोशी पहाडी जिल्लाहरु धनकुटालगायत भोजपुर, संखुवासभा र ते¥हथुमका संक्रमितका लागिसमेत हुने गरी कक्ष स्थापना गर्न लागिएको जनाएको छ ।
सो कक्ष हाल क्वारेन्टाईन रहेको औद्योगिक ग्रामस्थित क्षेत्रमा स्थापना गरिने केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । कक्ष निर्माणका लागि प्रदेश सरकारलाई सिफारिस गरिने प्रजिअ विमलीले जानकारी दिए ।
धनकुटामा पनि कोरोना भाईरसको संक्रमित बढिरहे पछि धनकुटामा नै पीसीआर परिक्षण गर्ने तयारी गरिरहेको प्रतिनिधि सभाका सदस्य राजेन्द्रकुमार राईले जानकारी दिए ।
हालको क्वारेन्टाईन अन्य स्थानमा सारिने प्रजिअ विमलीले जानकारी दिए ।