धनकुटा ३० साउन । कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धनकुटामा लकडाउन घोषणा गरेको छ । यसलाई पूर्ण रुपमा पालना गर्न व्यवसायी लगायत सवै नगरवासीहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती प्रकाशित गरी आव्हन गरेको छ ।
संनक्रमण समुदायस्तरमा महामारीको रुपमा फैलन सक्ने खतरा तीव्र रुपमा बढ्दै गएपछि प्रशासनले आजदेखि भाद्र ४ गतेसम्म जारी गरेको लकडाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्दै संयमित रहन संघका अध्यक्ष विजयसन्तोषी राईले प्रेस विज्ञप्ती प्रकाशित गरी आव्हन गरेका हुन् ।
जीवन रहेमात्र केहि गर्न सकिने भएकाले आफ्नो र परिवारको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन समेत उक्त विज्ञप्ती मार्फत आग्रह गरेको छ । विज्ञप्तीमा खाद्यान्न तथा तरकारी पसलहरु प्रत्येक दिन विहान ७ देखि १० बजेसम्म र साझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएकाले सो समयमा अनिवार्य माक्स लगाई खरिद गर्न सचेत गराईएको छ । सामग्री खरिद गरेर ल्याएपछि घरमा सेनिटाइजर वा सावुन पानीले हात धुनसमेत अनुरोध गरेको छ ।
विज्ञप्तीमा पदेश सांसद कुसुमकुमारी श्रेष्ठ र सांसद श्रेष्ठका पति नयन श्रेष्ठलाई कोरोना भाईरसको संज्ञmमण देखिएकोले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको यथाशीघ्र पीसीआर परिक्षण गर्न समेत सम्बन्धित निकायलाई आगह गरेको छ । सांसद दम्पत्तिको सम्पर्कमा आएकाहरुको परिक्षण नहुञ्जेल उनीहरुसँगको सम्पर्कमा आएकाहरु स्वयम् घरमै अईसोलेनमा बस्न पनि आग्रह गरेको छ ।
यस्तै धनकुटा पनि उच्च जोखिममा भएकाले सवैजना सचेत र संयमित भई अत्यावश्यक कामहरु बाहेक घरबाहिन ननिस्कन विज्ञप्तीमा आग्रह गरिएको छ ।