धनकुटा १ भदौं । कोभिड – १९ नियन्त्रणका लागि लगाएको लकडाउनका कारण उद्योग व्यापार धारासायी बन्दै गएकाले धनकुटा उद्योग बाणिज्य संघले यस आर्थिक वर्षको सदस्यता नवीकरणमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ । सो सम्बन्धि जानकारी आज संघद्वारा विज्ञप्ती जारी गरी दिएको छ ।
संघका अध्यक्ष विजयसन्तोषी राई र महासचिव रामबहादुर गोङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागी सरकारले लगाएको लकडाउनका कारण पूर्ण रुपमा व्यापार व्यवसाय संचालन हुन नसक्दा उद्योगी, व्यापारीहरु चरम आर्थिक मारमा परेकाअवस्थालाई मध्यनजर राख्दै संघको तर्पmबाट सदस्यता नवीकरणमा पचास प्रतिशत छुट दिने निर्णय गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा संघले सरकारसँग अहिलेको अवस्थामा व्यवसायीलाई राहत दिन आकष्मिक कर्जा, सहुलियत कर्जा तथा ब्याजा छुटलगायतका राहत दिन माग गरेको छ ।
विज्ञप्तीमा सरकारले प्यानमा दर्ता भएका साना व्यवसायीहरुलाई ७५ प्रतिशत सम्म छुट दिएको र प्यानमा दर्ता गरी लामो समयदेखि नवीकरण नगरेका र प्यानमा दर्ता नगरी व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई पनि नवीकरण र करमा दर्ता गर्नका लागी विशेष छुट दिईएको जानकारी दिईएको छ । सो छुटको समयानै फाईदा लिन संघले आग्रह गरेको छ ।
विज्ञप्तीमा कोरोना भाईरस समुदायस्तरमानै फैलदै गएकोले सुरक्षित साथ व्यापार व्यवसाय संचालन गर्न अपिल गरेको छ ।