धनकुटा भाद्र १५ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । उनी गत भाद्र १३ गते शिक्षण अस्पताल निर्माण गर्ने सिलसिलामा निरीक्षण गर्न धनकुटा आएका थिए ।
मन्त्री घिमिरेलाई निरीक्षण गरेर विराटनगर फर्किएपछि झाडापखाला लागेको थियो । उनलाई सामान्य ज्वरो पनि देखिए छ । उनको स्वाव परिक्षण प्रदेश प्रयोगशाला विराटनगरमा गरिएपछि संक्रमण पुष्टि भएको हो ।
मन्त्री घिमिरेको धनकुटा भ्रमणको क्रममा उनीसँगै संघीय सांसद राजेन्द्रकुमार राई, प्रदेश विधायन समितिका संयोजक तथा प्रदेश सांसद इन्दमणी पराजुली, सांसद निरन राई, जिल्ला समन्यय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाक प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीलगायत सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुखहरुसहभागी भएका थिए ।
मन्त्री घिमिरेलाई कोरो संक्रमण देखिएसँगै धनकुटाका उनीसँग हिड्ने सबैजनाको पीसीआर परिक्षण गर्नुपर्ने देखिएको छ । हाल मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएको छ ।