• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

लालीगुराँस नगरपालिकाले गरे कृषि प्रयोगशाला स्थापना

Dhankuta News by Dhankuta News
२०७७, १९ भाद्र शुक्रबार १८:१५
0
0
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter
लालीगुराँस नगरपालिकाले गरे कृषि प्रयोगशाला स्थापना

धनकुटा भाद्र १९ । लालीगुराँस नगरपालिका बसन्तपुर तेह्रथुमले आफ्नो क्षेत्रभित्रका कृषकहरुको ब्यावसायिक विकासका लागि आफ्नै प्रयोगशाला तथा नर्सरी केन्द्र स्थापना गरेको छ। सो प्रयोगशाला नगरपालिकाको वडा नम्बर ३ स्थित मुसाङमा स्थापना गरेको हो ।
गत आर्थिक वर्षमा नगरपालिकाले कृषिलाई प्राथमिकता राख्दै निगुरो, सिस्नो तथा स्कुसको पकेटक्षेत्र बनाउने कार्यव्रmम घोषणा गरेको थियो । सो कार्यक्रमअनुसार सिस्नोको नर्सरी उत्पादन, स्कुसको बिभिन्न प्रजातिहरुको अध्ययन गरी स्कुसहरुको खेती बिस्तारका लागि कार्यक्रम संचालन भएको थियो । यसैगरी नगरपालिकाले निगुरोलाई अर्गानिक तरकारी उत्पादन तथा यसको मूल्य श्रृखंला निर्माणका लागि अध्ययन गरिरहेको नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिए ।

स्थापित नर्सरी केन्द्रमा बिभिन्न जातका निगुरोहरु काली, साउने, कार्तिके तथा डाँउठेको बिरुवा रोपेर यसबाट बिरुवा उत्पादन गर्ने कार्यलाई अगाडि बढाएको छ । नगरपालिकाले निगुरोलाई ब्यावसायिक रुपमा बिस्तार गर्नका लागि ललितपुरमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको हरबेरिम कार्यालयका बिज्ञहरुको समेत सुझाब लिएको थियो । यस्तै केन्द्र सञ्चालनका लागि स्थानीयबासीहरुको सहयोग समेत लिएकोे छ ।

स्कुस, सिस्नो तथा निगुरोको फाईदाहरु, यसको खेती गर्ने तरिकाहरु तथा यसको मूल्य श्रृखंला सम्बन्धमा जानकारीका लागि नगरपालिकाले एक ब्रोसर समेत प्रकाशित गरी कृषकहरुलाई बितरण गरेको छ ।

कृषकहरुको आवश्यकता पहिचान गरी नगरपालिकाले यसबर्षदेखि आफ्नै नर्सरी केन्द्रमा सुन्तला, मुन्तला, कागती, एभोकाडो, किवी, ओखर, ड्रागनफललगायतको बिरुवाहरु उत्पादन गरी कृषकलाई बितरण गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाभित्र जनगणना २०६८ अनुसार ३ हजार ४ सय ४५ घरधुरी संख्या रहेको छ । नगरपालिकामा ९ वडा छन् । यस नगरपालिकाको जम्मा जनसंख्या १७ हजार ८ सय ५८ रहेको छ ।

नगरपालिकाले संचालन गरिरहेको स्कुस, सिस्नो तथा निगुरोको कार्यक्रमसँगै फलफुल नर्सरी कार्यक्रम ले समग्र नगरपालिका भित्रका कृषकहरुको हित हुने अपेक्षा गरिएको छ । यसका साथै सरोकारवाला निकायहरुका लागि समेत यो कार्यक्रमले मार्गदर्शन गर्ने विश्वास रहेको नगर प्रमुख अर्जुन माबोहाङले बताए । यस कार्यक्रमबाट कृषकहरुले निगुरो, सिस्नो तथा स्कुसको ब्राण्ड निर्माण गरी प्रत्यक्ष रुपमा फाईदा पाउने छन । यसका साथै फलफुल नर्सरी स्थापनाबाट गुणस्तरीय बिरुवाहरु आफ्नै क्षेत्रमा उत्पादन गरी नगरवासीहरुले पाउनेछन भन्ने नगर प्रमुख माबोहाङले बिश्वास ब्यक्त गरे ।

सो अर्गानिक कृषि तथा नर्सरी केन्द्रमा हाल लहरे आँप, मुन्तला, कफी, एभोकाडो, रिठो, निगुरो, तिनपाते, सिस्नो, मरिच, ड्रागनफल, चिउरीलगायतको वनस्पति तथा कृषिजन्य वस्तुहरुको नर्सरी तथा प्रदर्शनीको रुपमा रोपिएका छन् । यस कृषि प्रयोगशाला, अर्गानिक कृषि केन्द्र तथा नर्सरीलाई हालै एक कार्यक्रमका बीच नगर प्रमुख अर्जुन माबोहाङले उद्घाटन गरेका थिए । सो क्रममा उपप्रमुख तिला पोखरेल, वडा नम्बर ३ का वडाध्यक्ष कमल बानियाँ, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, तेखिमे कृषि परामर्श सेवा फर्मका अध्यक्ष जीवनप्रसाद राईलगायत नगरपालिकाका ईन्जिनियर, सव ओभरसियर लगायत स्थानीय बासीहरुको सहभागिता थियो ।

अहिले विश्व कोरोना भाईरस (कोभिड १९) को महामारीबाट त्रसित छ । यो महामारीले बैदेशिक रोजगार धेरैले गुमाउने अवस्था छ । तराई तथा राजधानीमा गएर सानातिना रोजगारीमा व्यस्त नगरवासीहरुले पनि रोजगार गुमाउने अवस्था छ । अब आमनागरिकहरुको भविष्य भनेको कृषि पेसा नै रहेकोले केषिलाई प्राथमिकता दिइएको प्रमुख मावोहाङले बताए । रोजगार गुमाएर फर्किएकाहरुर्ला यस कार्यक्रमले केहि राहत दिन सक्ने विश्वास लिएको प्रमुख मावोहाङले बताए ।

कार्यक्रम लालीगुराँस नगरपालिकाको आर्थिक सहयोग तथा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटा १, हिलेको प्राबिधिक परामर्शमा संचालन भईरहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा २२ गतेसम्म लकडाउन थपियो

Next Post

स्वास्थ्य संस्थालाई वाणिज्य संघले सुरक्षित सामग्री प्रदान

Next Post
स्वास्थ्य संस्थालाई वाणिज्य संघले सुरक्षित सामग्री प्रदान

स्वास्थ्य संस्थालाई वाणिज्य संघले सुरक्षित सामग्री प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..