धनकुटा । नेपाल पत्रकार महासंघलाई नेपाल ट्रेड यूनियन कांग्रेसले एक हजार थान सर्जिकल मास्क प्रदान गरिएको छ ।
पत्रकार महासंघको सभाहलमा आयोजित हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि युनियनका प्रदेश सदस्य गुरुप्रसाद काफ्लेले महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई प्रदान गरेका थिए । सो मास्क रेडियो भेडेटारको संयोजन यूनियन कांग्रेसले प्रदान गरेका थिए ।
अवसरमा प्रमुख अतिथी काफ्लेले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड १९ बाट बच्न आफै सचेत हुनु पर्ने बताए । उनले पत्रकारहरु आमजनतालाई सूसुचित गर्न विभिन्न ठाउँमा गैरहनु पर्ने भएको र त्यसका लागि सुरक्षित हुन ट्रेड युनियनले सानो सहयोग स्वरुप मास्क प्रदान गर्न पाएकोमा खुसी लागेको बताए ।
सो अवसरमा कार्यक्रमका अध्यक्ष तथा रेडियो भेडेटारका अध्यक्ष दिनेश राईले अहिलेको कोभिड १९ को महामारीमा पत्रकारहरुको क्रियाशीलतालाई मनन गर्दै सुरक्षित सामग्री मास्क उपलब्ध गराईदिएकोमा ट्रेड युनियनको प्रशंसा गरे । उनले कोभिड नियन्त्रणका लागि सरकारले लकडाउन लगाएपनि यो अवधिमा सरकारले रोजगार गुमाएका जनतालाई राहत दिन नसकेको बताए ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले कोरोना नियन्त्रण गर्न सरकारले लकडाउन लगाए पनि यो अवधिमा सरकारले नियन्त्रणका लागि भन्दा काम गर्नभन्दा राजनीतिक खिचलोमा अल्मलिएको बताए ।
सो अवसरमा ट्रेड यूनियनका अध्यक्ष विगेन्द्र याख्खाले पत्रकार महासंघलाई आगामी दिनमा पनि सकेको सहयोग गरिने आश्वासन दिए । यस्तै पत्रकार महांसघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले अहिलेको अवस्थामा कोभिड १९ को संक्रमणबाट बच्न घरमै बस्नु पर्ने भएपनि पत्रकारहरु आमनागरिकहरुलाई सहि तथ्य समाचार सम्प्रेषण गर्न जोखिम मोलेर फ्रन्टलाईनमा खटिनु पर्ने बताए । उनले ट्रेड युनियनले पत्रकारहरुलाई सुरक्षित तवरले फ्रन्टलाईनमा खट्दा आवश्यक पर्ने सुरक्षित सामग्री मास्क उपलब्ध गराईदिएकोमा धन्यवाद दिए ।
सो अवसरमा पत्रकार महासंघका पूर्व अध्यक्ष मोहन वान्तवा, ट्रेड युनियनका उपाध्यक्षद्वय पूर्णकुमार चौधरी र कुलप्रसाद दाहाल, शिक्षक संघ प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, जिल्ला अध्यक्ष थिरेन्द्रबहादुर लिम्बुलगायतले अग्रपंतिमा काम गर्ने पत्रकारहरुलाई मास्क उपलब्ध गराएकोमा प्रशंसा गरेका थिए ।
कार्यक्रमको सञ्चालन रेडियो भेडेटारका कार्यक्रम सञ्चालक विकास घिमिरेले गरेका थिए ।