धनकुटा असोज ३ । कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण विविध कार्यक्रम गर्न नसकिएपछि दीप प्रज्ज्वलित गर्दै संविधान दिवस मनाईएको छ । सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा हुलाकटोलस्थित ग्रीनपार्क चुवाको बोटमा दिप प्रज्वलित गरेका छन् ।
सो दिप प्रज्ज्वलितसंघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, सुनिता थापा, रेवतीप्रसाद दाहाल, अम्विका धमला, लिजा श्रेष्ठ, विशिष्ट सदस्य शैलेसमान श्रेष्ठ, होटल एशोसिएसन धनकुटाका सचिव जयमणी घिमिरे, महिला नेतृ टिका भण्डारी, रेडियो भेडेटारका माधव गुरागाई, बाणिज्य संघका कार्यालय सचिव सिचन प्रदान कर्मचारीहरु मुकेश राई, नवराज श्रेष्ठलगायत उद्योगी, व्यापारीहरुले गरेका थिए ।
सो अवसरमा संघले कोरोना भाईरसको माहामारीका कारण थला परेको व्यवसायलाई सरकारले राहत दिनु पर्ने भन्दै नेपालको संविधानकोको सफलताकाको कामना गर्दै दिप प्रज्ज्वलन गरेकोसंघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।