धनकुटा ३ असोज । नेपाली कांग्रेसले सहिद भीमनारायण चौकमा दीपावली गर्दै संविधान दिवस मनाएको छ । सो अवसरमा कांग्रेस सभापति अग्नीप्रसाद पौडेलले नेपालको संविधानले प्रत्याभूति गरेको व्यवस्थाको पूर्ण कार्यान्वयनको कामना गर्दै दिपावली गरेका छन् । सो अवसरमा सभापति पौडेलले पार्टीका ४ जना कम्युनिष्ट पार्टीका प्रधानमन्त्री भएपनि नेपाली जनताको चाहनाअनुसार संविधान जारी गर्न नसकेको बताए । उनले कांग्रेस सरल नेता सुशिल कोइराला नेतृत्वले संविधान जारी गर्न सफल भएको बताए । उनले देशमा जव जव संकट आईपछ, त्यति खेर कांग्रेसको काँधमा जिम्मेवारी थप हुने बताए ।
सो अवसरमा १ नम्वर प्रदेश सभाका सदस्य सांसद लिला सुब्बाले दिपावली कार्यक्रमको दिप प्रज्वलित गरी शुभारम्भ गरेका थिए । सो अवसरमा कांग्रेस उपभासपति नविन किशोर शाक्य, सचिवद्वप दिप प्रज्ज्वलित गरेका थिए । यस्तै सो अवसरमा सन्तोषी राई, रविन्द्र नेपाली, कोषाध्यक्ष दिनेश राईको सहभागिता रहेको कांग्रेस सचिव विजुयसतेषी राई थियो । सो अवसरमा शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना, कांग्रेस जिल्ला कार्य समितिका सदस्यहरु अम्विका परियार, विष्णु पौडेल, खेम पौडेल, परेन्द्रलाल श्रेष्ठ, क्षेत्रीय सदस्य चिन्तामणी पौडेल, नगरसभापति रोशन श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, जिल्ला उपाध्यक्ष अम्बिका धमला, नगर समितिका सचिव रेणु श्रेष्ठ, वडा नं. ७ का सचिव रेजिना पलिखे, तरुण दलका क्षेत्रीय अध्यक्ष तिलक महत, सदस्य रुपेश श्रेष्ठ, कर्मचारी युनियन संघका अध्यक्ष खिरबहादुर बुढाथोकी, नेपाली कांग्रेस पूर्व वडा सभापति कृष्ण श्रेष्ठ, नेपाल दलित संघका सदस्य किशोर परियारलगायत धनकुटा कांग्रेसजनले दिप प्रज्वलित गरेका थिए ।
नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न दिपावली कार्यक्रममा नेपालको संविधानको महत्व र यसको कार्यन्वयनको वारेमा जिल्ला सचिव विजय सन्तोषी राईले प्रकाश पारेका थिए ।