• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

निरन्तरका बर्षाले धनकुटाका विभिन्न स्थानमा क्षति

Dhankuta News by Dhankuta News
२०७७, ९ आश्विन शुक्रबार २१:३०
0
0
SHARES
251
VIEWS
Share on FacebookShare on Twitter
निरन्तरका बर्षाले धनकुटाका विभिन्न स्थानमा क्षति

.धनकुटा असोज ९ । गत ५ गतेदेखिको निरन्तर बर्षाले धनकुटाका विभिन्न स्थानहरुमा धनमालको क्षति पु¥याएको छ । आज विहान अंन्दाजी १०ः०० बजेको समयमा धनकुटा नगरपालिका वडा नं. ५ छुङदेन टोलमा एक घरलाई क्षति पु¥याएको छ । राजकुमार राईको छोरा लिलाबहादुर राईको ढुंगामाटोले बनेको टिनको छानो भएको १ तले घरको पर्खाल भत्किदा घर पुर्ण रुपमा क्षति भएको प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।

यस्तै राईकै अर्को ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरको बार्दलीसमेत भत्किएको छ । यसका साथै घरको पर्खालहरु चर्किएको छ । घरलाई कुनै पनि समय क्षति पुग्न सक्ने देखिएकाले घरभित्रको सरसामानहरु सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

घर भत्किएपनि मानवय तथा चौपायालाई भने कुनै क्षति नभएको जनाएको छ । तर, १० वटा कुखुरा भने पुरिएको छ । घर भत्किदा घर, खाद्यान्न, सरसामान, लत्ताकपडा, गरी अंन्दाजी ३५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै आज विहान अंन्दाजी १६ः३० बजे धनकुटा नगरपालिका वडा नं. ४ श्रमिकटोलका रेवतीप्रसाद गुरागाईको २ तल्ले कच्चि घरमा आंशिक क्षति पु¥याएको छ । तर, अहिले सो घरमा बस्न सक्ने अवस्था नरहेकोले प्रहरी टोलीको सहयोगमा घरभित्र रहेको सामान तथा मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

यस्तै आज विहान ११ः०० बजेतिर माथिबाट झरेको पहिरोले साँगुरीगढी गाउँपालिका वडा नं. ६ घण्टेस्थित कोशी लोकमार्ग केहि समय अवरोध भएको थियो । जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भेडेटारबाट गएको प्रहरीको टोलीले जेसीवीको सहायताले पहिरो हटाई यातायात सुचारु गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

यस्तै विहान ११ः४० बजेतिर महालक्ष्मी नगरपालिका वडा नं. ५ रामबजार बस्ने विजय साहको टिनको छानो भएको, २ तले घर भत्किएको छ । घर पुर्ण रुपमा क्षति भएपनि मानवीय तथा चौपायालाई कुनै क्षति नभएको जनाएको छ । घर भत्किदाँ अंन्दाजी सात लाख बराबरको क्षति भएको लेगुवा प्रहरीले जनाएको छ ।

यस्तै दिउसो १२ः२० बजे धनकुटा नगरपालिका वडा नं. ५ बिहीबारे हटिया नजिक चानबहादुर लिम्बुको २ तले कच्ची घरको पुर्वपट्टीको भाग भत्किएको छ । घरलाई पुर्ण रुपमा क्षति भएपनि मानावीय तथा चौपायालाई भने क्षति नभएको जनाएको छ । घर भत्किदाँ अंन्दाजी पन्ध्र लाख मूल्य बराबरको भौतिक क्षति भएको घरधनी लिम्बुले जनाएको छ ।

यस्तै अविरल बर्षाले आज बेलुका १७ ः३० बजे धनकुटा नगरपालिका वडा नं. ६ स्थित आँखा अस्पताल नजिकै कोशी लोकमार्गमा रुख लड्दा सडक केहि समय अवरोध हुन पुग्यो । सो रुखलाई प्रहरीको टोलीले सल्लेरी ब्यारेकसँग समन्वय गरी रुख काट्ने मेशिनद्वारा रुख काटेपछि यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

यस्तै दिउसो १३ः४० बजेतिर धनकुटा नगरपालिका वडा नं. ९ मुलघाट नजिक चारगोलाई भन्ने स्थानमा कोशी लोकमार्ग अवरोघ हुन पुगेको थियो । माथिबाट झरेको पहिरोले सडक अवरोध भएको प्रहरीले जनाएको छ । जेसीवीको सहायताले पहिरो हटाई १४ः३० बजे एकतर्फी यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

यस्तै महालक्ष्मी नगरपालिका ५ बरडाँडा स्थित पाख्रीबास लेगुवा सडक खण्डमा पनि पहिरोले सडक अवरोध हुन पुगेको छ । सो सडकको पहिरो १४ः३० बजेतिर हटाएपछि दुबै तर्फी यातायात सुचारु भएको लेगुवा प्रहरीले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटाका एकसय सन्तानका एक व्यक्तित्व आचार्य रहेनन्

Next Post

घरभाडा मिनाहा गर्ने ३ सय २४ घरधनी सम्मानित

Next Post
घरभाडा मिनाहा गर्ने ३ सय २४ घरधनी सम्मानित

घरभाडा मिनाहा गर्ने ३ सय २४ घरधनी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..