धनकुटा असोज १० । अहिले विश्व कोभिड १९ को महामारीबाट आक्रान्त छ । यसको नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन लगाएको थियो ।
यसबाट व्यापार व्यवसाय चरम संकटमा परेको छ । यस्तो अवस्थामा पनि प्रदेश नवीकरण शुल्क बृद्धि गरेको भन्दै धनकुटाका प्रदेश सांसदहरुलाई घटाउन पहल गरिदिन आग्रह गरेका छन् । संघले वर्तमान अवस्थामा सहज हुनेगरी व्यवसायीमैत्री कानुन तथा नियमहरु बनाउन सहयोग गर्न आग्रह गर्दै अनुरोध पत्र बुझाएका छन् । सो अवसरमा संघले पहिले तीन सय रहेको नीकरण शुल्क अत्यधिक बृद्धि गर्दै दुई हजार पु¥याएको जानकारी गराएका थिए ।
धनकुटा उद्योग बाणिज्य संघले पत्रकार महासंघको सभाहलमा आयोजना गरेको प्रदेश सांसदहरुसँगको अन्तक्र्रिया कार्यक्रममा सो अनुरोधपत्र बुझाएका हुन् । पत्रमा कोरोना भाईरसका कारण संकटमा परेका व्यवसायलाई माथि उकास्नका लागी विशेष व्याकेज कार्यक्रम ल्याउन र व्यवसायीमैत्री नियम कानुन बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा १ नम्वर प्रदेशका न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो उद्योग व्यवसाय भएकाले उद्योग, व्यापारको संरक्षण र प्रवद्र्धन हुने कानुन नियमहरु बनाउन पहल गर्ने आश्वासन दिए ।
सो अवसरमा प्रदेश सभाका सांसदहरु निरन राई, कुसुम कुमारी श्रेष्ठ, लिला सुब्बाले लकडाउनका कारण समस्यामा परिरहेका उद्योग, व्यापार तथा व्यवसायलाई माथि उकास्ने खालको नियम कानून बनाउन पहल गर्ने बताए ।
संघका अध्यक्ष विजयसन्तोषी राईको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश ढुंगाना, नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव जयन्द्र प्रधानले अहिलको अवस्थाको वारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङले र संचालन महासचिव रामबहादुर गोङ्वाले गरेका थिए ।
कार्यक्रममका संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्यहरु रेजिना पलिखे, रेवतीप्रसाद अधिकारी, अम्विका धमला, उज्ज्वल कर्माचार्यलगायतको सहभागिता रहेको थियो ।
साना उद्योग तथा व्यावसाय फर्म दर्ता गर्दा पहिला कम्तीमा एक हजार रुपैया र नविकरण गर्दा तिन सय रुपैया दस्तुर लिदै आएकोमा अहिल बृद्धी गरी कम्तीमा दर्ता शुल्क दुई हजार रुपैया र नविकरण शुल्क समेत दुई हजार रुपैया लिने प्रदेश सकारले व्यवस्था गरेकोले यसैलाई घटाई कोरोना भाईरसका कारण यस बर्ष ७५ प्रतिशत छुट गर्न धनकुटा उद्योग बाणिज्य संघले माग गदै आईरहेको छ ।