धनकुटा १६ असोज । आज दिउसो अन्दाजी १ वजेर ५० मिनेट जादाँ धनकुटा नगरपालिका वडा नं. ६ पात्लेमा बस दुर्घटना भएको छ । तेह्रथुमबाट झापाको गौरादह तर्फ जादै गरेको ना ६ ख १९७८ नं. को तीनजुरे यातायातको बस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।
सो बसमा सवार ८ जना यात्रु मध्ये १ जना घाईते भएका छन् । सुनसरी धरान उपमहानगरपालिका वडा नं. ७ बस्ने बर्ष ४५ को संदेश मोहन पालिखे सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । घाईते पालिखेको जिल्ला अस्पताल धनकुटामा उपचार भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटना भएपछि चालक भने फरार भएका छन् । उनको खोजतलास भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरोध भएको यातायात तत्काल खुलाईएको प्रहरीले जनाएको छ ।