धनकुटा असोज २४ । धनकुटाम थप ३ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । यीसमेत धनकुटामा सक्रिय संक्रमित हुनेहरुको संख्या ६० पुगेको छ । यिमध्ये ४५ जना उपचार पछि घर फर्किएका छन् ।
संक्रमित १५ जनामध्ये २ जना सुनसरीमा उपचार भैरहेको छभने १३ जनाको धनकुटा औद्योगिक ग्रामस्ति आईसोलेशन सेन्टरमा उपचार भैरहेको छ ।
यि ३ जना साँगुरीगढी गाउँपालिकाबाट १७ जनाको पीसीआर पक्षिण गर्दा कोरोना संक्रमित देखिएको हो ।
धनकुटामा हालसम्म २ हजार २ सय २५ जनाको पीसीआर परिक्षण गरिएको छ । रिक्षण गरिएकामध्ये २ हजार १ सय ६५ जनाको रिजल्ट नेगेटिभ आएको छ ।
धनकुटामा केहि दिनअघि सबै संक्रमितहरुको उपचार भएपछि शून्य भएको थियो । नेपालीहरुको महान पर्व दशैं नजिक आईसकेको छ । अब बढी संक्रमित भएका काठमाडौं उपत्यकालगायत तराईबाट दशैं मनाउन आउनेहरुबाट संक्रमण समुदायस्तरमा फैलिने खतरा बढेको छ ।
सरकारले भरसक विशेष काम नभई बाहिर ननिस्कन भन्दै सबैलाई सचेत हुन आग्रह गरेको छ । बाहिर निस्कनै परे सुरक्षित स्वास्थ्य अपनाई निस्कन आग्रह गरेको छ ।