धनकुटा । सहिदभूमि गाँउपालिकामा हालै एक जना भिरबाट लडेर मृत्यू भएको छ । सहिदभूमि गाउँँपालिका वाड नं ६ च्याख्ला बाट वार्ड नं. ७ को आफ्नो घर जान्छु भन्दै हिडका उपकान्छा भनेर चिनिने वर्ष ४५ का रामकिसन राईको मृत्यू भएको गाँउपालिकाका अध्यक्ष मनोज राइले जानकारी दिए ।
चन्द्रपाल रार्इका छोरा रामकिसन राईको भिरबाट चिप्लेर ३ सय मिटर जति तल खसेका थिए । उनको श्रीमति र एक छोरा रहेको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए ।
बेलुकापख घर जान्छु भनेर हिडेका राई घर आइनपुगे पछि आफन्त र स्थानीयवासीले व्यापक रुपमा खोजेका थिए । यसरी खोजी गर्दा उनको शव भिरबाट अन्दाजी ३ सय मिटर जति तल मृत अवस्थामा भेटिएको थियो ।