• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पहिलो चरणमा ४१ घर पुनर्निर्माणका लागि सिफारिस

Dhankuta News by Dhankuta News
२०७७, २६ आश्विन सोमबार १३:१६
0
0
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter
पहिलो चरणमा ४१ घर पुनर्निर्माणका लागि सिफारिस

धनकुटा । यस मौसमको अविरल बर्षाको कारण पहिरोमा परी पूर्ण रुपमा क्षति भएको ४१ घर पुनर्निर्माणका लागि सिफारिस भएको छ । जिल्ला विपत व्यवस्थापन समितिकोे बैठकले जिल्लाभरीबाट निवेदन आएकामध्ये प्रक्रिया पुगेकाहरु पहिलो चरणमा सिफारिस गर्ने निर्णय गरेको छ ।

यसका साथै सो बैठकले एक जना मृतक परिवारलाई राहतका लागि सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । बैठकले छुट भएका पूर्ण रुपमा घर क्षति भएका पीडितहरुको प्रक्रिया पु¥याई सिफारिस गर्ने निर्णय गरेका छन् ।

सो बैठकलाई प्रतिनिधि सभाका सदस्य सांसद राजेन्द्रकुमार राईले विपतमा परी पीडित भएकाहरुलाई निष्पक्ष ढंगबाट राहत उपलब्ध गराउनु पर्ने बताए ।

सो अवसरमा अमेरिका रेडक्रस सोसाईटीको आर्थिक सहयोगमा सोसाईटी धनकुटा शाखाद्वारा प्रकाशित जिल्ला विपत पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ नामक पुस्तकको प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार राई, प्रदेशसभाका सांसदहरु इन्द्रमणी पराजुली, निरन राईले संयुक्त रुपमा विमोचन गरेका थिए ।

सो अवसरमा १ नम्वर प्रदेश सभाका सांसद कुसुम कुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महालक्ष्मी नरपालिकाका प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी, पाख्रिवास नगरउपप्रमुख देवकला तिम्सिना, गाउँपालिकाका अध्यक्षहरु क्रमशः सहिदभूमी मनोज राई, छथरजोरपाटीका शेरबहादुर राई, चौविसेका खजिन्द्र राईलगायतले बास्तविक पीडितहरुलाई जसरी भए पनि राहत उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए ।

समितिका संयोजक तथा प्रजिअ केशवप्रसाद विमलीको अध्यक्षतमा बैठक सम्पन्न भएको थियो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, धनकुटा जिल्ला विपत व्यवस्थापन उपसमितिका सदस्यहरु नेपाल रेडक्रस सोसाईटीका जिल्ला अध्यक्ष हरिकुमार राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायतले बाढी पहिरो क्षति पु¥याई विपतमा परेका परिवारहरुको विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा वरख गण सल्लेरी ब्यारेकका गणपति कर्णेल भगवान थापा, जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारी, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्गका गुल्मपति डिएसपी रामचन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कटेललगायत विभिन्न कार्यालयका प्रमुखहरुले सुझाव दिएका थिए ।

विपतमा परी पूर्ण रुपमा क्षति भई पीडित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालयले राहत स्वरुप तत्कालका लागी परिवार सख्या हेरेर १५ हजारदेखि २० हजार रुपैयासम्म वितरण गरेका थिए । यस्तै वाणिज्य संघले खाद्यान्नहरु र रेडक्रस सोसाईटीले लत्ता कपडा, भाडा वर्तनहरु, त्रिपालहरु प्रदान गरेको समितिका सदस्य तथा रेडक्रस सोसाईटीका अध्यक्ष हरिकुमार राईले जानकारी दिए ।

सो अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का शम्भुप्रसाद पाण्डेले प्रस्तुत गरेका जिल्लाका ७ वटा विद्यालय पुनर्निर्माणका लागि सूचिमा दर्ता गर्ने निर्णय गरिएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पूर्वमन्त्री थापा कोरोना संक्रमित

Next Post

तपाईको मास्क खै ? अभियान शुरु

Next Post
तपाईको मास्क खै ? अभियान शुरु

तपाईको मास्क खै ? अभियान शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..