धनकुटा ६ कार्तिक । अहिले कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन फैलदै गएकाले हाम्रो चाड पर्वमा कोसेली तथा उपहारका रुपमा स्वास्थ्य सामग्रीहरु प्रदान गर्न अपिल गरेको छ । सो अपिल धनकुटा उद्योग बाणिज्य संघले आज विज्ञप्ती प्रकाशित गर्दै गरेको छ ।
संघले अपिलमा दशैमा टिका लगाउन जादाँ कोरोना भाईरस संक्रमण फैलन सक्ने भन्दै यसबाट बच्न मास्क, फेससिल, सेनिटाईजर, पञ्चा कोसेलीको रुपमा दिन संघका अध्यक्ष विजयसन्तोषी राई र महासचिव राम वहादुर गोङ्वाले अपिल गरेका हुन् ।
पछिल्लो समय चाडपर्वसँगै कोरोना भाईरसको संक्रमण समुदायस्तरमा फैलने क्रम बढेको छ । अहिले संक्रमणको शंका लागेमा धनकुटामा स्वाव संकलन नहुने र परिक्षण गर्न परेमा धरानमा गएर गर्नुपर्ने अवस्था रहेकोले सचेत रहन संघका अध्यक्ष राईले आग्रह गरेका छन् ।