धनकुटा ८ कार्तिक । दशै तिहार नेपाल सम्वत्को शुभकामना दिदै धनकुटा नगरपालिका वडा नं. ५ का समाजसेवी तथा धनकुटा उद्योग वाणिज्य संघका सदस्य रेणु श्रेष्ठद्वारा दुईवटा घरको भाडा छुट दिएका छन् । उनले लकडाउनका कारण लाो समय पसल बन्द रहेकोले छुट दिएको जानकारी दिए । श्रेष्ठसँगै जिल्लामा ३ सय २६ जना घरधनीहरुले घर भाडा छुट गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य तथा मिसाः खलः धनकुटाकी अध्यक्षसमेत रहेकी श्रेष्ठ तथा उनका पति इश्वरबहादुर श्रेष्ठले माथिल्लो कोप्चेमा रहेका दुई वटा घरको एक÷एक महिनाको भाडा छुट गरेको वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए । श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवारसमेत रहेका थिए ।
यस्तै हिले बजारमा अहिलेसम्म ८४ जना घरधनीहरुले घरभाडा छुट गरिसकेको वाणिज्य संघका महासचिव रामबहादुर गोङ्वाले जानकारी दिए । कोरोना भाईरसका कारण व्यवसाय धारासायी भएकोमा मनकारी घरधनीहरु, धनकुटा नगरपालिका लगायत विभिन्न संघसंस्थाहरुले भाडा छुट गरी सहयोग गरेकोले छुट दिनेहरुलाई वाणिज्य संघले साधारणसभामा विशेष सम्मान गर्ने संघले जनाएको छ ।