धनकुटा । धनकुटा बजार क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा संयूक्त बजार अनुगमन कार्यक्रम सम्पन्न भयो ।
धनकुटा बजारका दुई दर्जन भन्दा बढी खाद्य समाग्रीहरुको पसलहरुमा गरिएको संयुक्त अनुगमनको क्रममा केही पसलहरुमा म्याद सकिएको विभिन्न खाद्य समाग्रीहरु भेटिएकोले म्याद सकिएको केही समाग्रीहरु नियन्त्रणमा लिएको र केही दर्ता नभएका पसलहरु र मुल्य सूचनी नराखेको भेटिएकोले सचेत गराईएको कार्यालय प्रमुख अनुप हलुवाईले बताउनु भयो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख अनुप हलुवाई,खाद्य निरिक्षक सुशिल कोईराला, जिल्ला प्रहरी कार्यालय धनकुटका सई कुमार ढकाल,जिल्ला प्रशासन कार्यालय धनकुटाका बन्दना लिम्बु,धनकुटा नगरपालिकाका अधिकृत भक्तमान राई,घरेलु कार्यालय धनकुटका नायव सुब्बा श्याम पोख्रेल,उपभोक्ता हित संरक्षण मञ्च धनकुटाका अध्यष घनेन्द्र न्यौपाने,राष्टिय उपभोक्ता मञ्च धनकुटाका अध्यक्ष विपिन श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका सह-सचिव हरिबहादुर लम्जेल लगायतको टोलीले धनकुटा बजारको अनुगमन गरेको थियो ।
अनुगमन टोलीले पसल दर्ता तथा नविकरण, मुल्य सूची, मुल्य र सामानको म्याद भए नभएको र नाप तौल लगायत विभिन्न विषयहरुको बजार अनुगमनको क्रममा अनुगमन गरेको थियो ।