धरान । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले बीमादाबी बापत तीन लाख चौहत्तर हजार रुपैँया भुक्तानी गरेको छ l
कम्पनिले हतुवगढि गाउँपालिका लामढुङ्गाका बिमित स्व। चन्द्रमा राईको घरमै पुगेर मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितको भाई महेन्द्र राईलाई सो रकम भुक्तानी गरेको हो ।
हतुवागढी गाउँपालिका प्रमुख प्रेम कुमार राई, प्रशासकिय अधिकृत मणिराम खतिवडा, वडा अध्यक्ष जोर कुमार राई र धरान शाखा प्रमुख खगेन्द्र तोलाङ, एजेन्सी म्यानेजर श्री नर्मदा श्रेष्ठलगायत अन्य एजेन्सी म्यानेजरहरुको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।
राई परिवारलाई यस रकमले थोरै भएपनि आर्थिक भार कम हुने विस्वासले रकम भुक्तानी गरिएको धरान शाखा प्रमुख तोलाङले बताए ।