• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा पीसीआर मेसिनको उद्घाटन

Dhankuta News by Dhankuta News
२०७७, २ पुष बिहीबार ००:४८
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा पीसीआर मेसिनको उद्घाटन

धनकुटा । लामो समयको प्रतीक्षा पछि धनकुटामा कोरोना परिक्षण गर्ने पीसीआर मेसिनको उद्घाटन गरिएको छ । सो मेसिन ( मोलिकुलर ल्याव ) को एक कार्यक्रमका वीच संघीय सांसद राजेन्द्रकुमार राईले रिवन काटेर उद्घाटन गरेका छन् ।
सो अवसरमा सांसद राईले सरकारी कानूनका कारण समय लागेको बताए । उनले ल्याव स्थापना गर्न समय लागेको देखिएपनि अन्य स्थानहरुमा भन्दा धनकुटामा चाडो ल्याव स्थापना भएकोमा खुसी व्यक्त गर्नुपर्ने बताए ।

सांसद राईले अस्पतालको स्तरोन्नतीका लागि आफु क्रियाशील रहेको बताए । उनले धनकुटामा ल्याव स्थापना भएपछि धनकुटासहित छिमेकी जिल्ला भोजपुर, तेह्रथुम र संखुवासभाबासीलाई पनि कोरोना परीक्षण गर्न सहज हुँने बताए । सो अवसरमा उनले ल्याव स्थापना गर्न सहयोग गर्ने सवै निकायलाई धन्यवाद दिए ।

सो अवसरमा प्रदेश सांसद इन्द्रमणी पराजुलीले धनकुटामा पीसीआर मेसिन स्थापनासँगै जिल्ला अस्पताललाई स्तरोन्नती गर्न बाटो खुलेको बताए । उनले धनकुटामा प्रदेश सरकारले सय शैयाको अस्पताल बनाउन लागिरहेको जानकारी दिए ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले अब कोभिड –१९ परिक्षण गर्न भन्दा पनि सबै नेपालीलाई भ्याक्सिन लगाउन सरकारले तदारुकता देखाउनु पर्ने बताए । उनले विकास निर्माण भन्दा पहिले जनता बचाउन प्राथमिकता दिनु पर्ने भन्दै विकास खर्च कटौती गरेर भएपनि आमनागरिकलाई भ्याक्सिन लगाउन जोड दिनु पर्ने बताए ।

यस्तै प्रजिअ केशवप्रसाद विमलीले ल्याव स्थापनाले यस क्षेत्रका नागरिकहरुलाई कोरोना परिक्षण गर्न धरान जानु पर्ने झन्झटबाट मुक्त भएको बताए । सो अवसरमा प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले धनकुटा ऐतिहासिक जिल्ला भएकाले यस क्षेत्रको स्वास्थ्य उपचारको अवस्था सुधार्न आफुले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताए ।

सो अवसरमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले चीनमा १० दिनमा हजार शैयाको कोभिड अस्पताल निर्माण भएको तर धनकुटामा पीसीआर मसिन स्थापना गर्न मात्र पनि चार महिना लाग्नु हाम्रो देशमा विकासको रफ्तार कस्तो रहेछ भनेर मनन गर्न सांसदहरुलाई आग्रह गरे । उनले यस मेसिनले कोशी पहाडका चार जिल्लावासीलाई परिक्षण गर्न सहज हुने बताए ।

कार्यक्रममा जिल्ला अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा.पुजन विश्वकर्माले ८५ लाखमा पीसीसआर मेसिन खरिद गरी स्वास्थ्य कार्यालयको तल्लो भवनमा ल्याव स्थापना गरिएको जानकारी दिए । उनले हल व्यवस्थापनका लागी १५ लाखसहित गरी स्वास्थ्य मन्त्रालयले पठाएको एक करोड खर्च भएको जानकारी दिए । उनले सरकारी प्रावधानअनुसार मेसिन खरिद गर्दा समय लागेको जानकारी दिए ।

मेसिन स्थापना पछि दैनिक ३ सयसम्मको स्वाव परिक्षण गर्न सकिने डा. विश्वकर्माले जानकारी दिए । उनले पुष १ गतेदेखि सरकारी निर्णयअनुसार निःशुल्क परिक्षण गर्न वजेट अभाव हुने भएकाले तीनै तहको सरकारले सहयोग गर्नु पर्ने बताए ।
उनले मन्त्रालयबाट आएको दुई करोड रुपैयाबाट अस्पतालमा १० शैयाको भेन्टिलेटरसहित आईसीयू कक्ष स्थापनाको लागी कार्य अघि वढिरहेको जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष टंक चौहानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु निरन राई, लीला सुव्वा, आरसी तुम्वा, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, प्रदेश रेडक्रस सोसाईटीका अध्यक्ष नरेन्द्र पोखरेल, सुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विभिन्न पार्टी परित्याग गरी सयौं कांग्रेसमा प्रवेश

Next Post

लेखनदास श्रेष्ठ सम्मानित

Next Post
लेखनदास श्रेष्ठ सम्मानित

लेखनदास श्रेष्ठ सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..