धनकुटा पुष ३ । लामो समय लेखापढी व्यवसाय सञ्चालन गरेर हाल निवृत जीवन विताइृ रहेका चन्द्र भगत श्रेष्ठलाइृ सम्मान गरेको छ । धनकुटा नगरपालिका वडा नं.६ सिरान वजार निवासी ९२ वर्षिय ज्येष्ठ नागरिक श्रेष्ठलाई एक कार्यक्रमका विच सम्मान गरिएका हो ।
श्रेष्ठलाई सो सम्मान श्रेष्ठलाई नेपाल लेखापढी कानुन् व्यवसायी एशोसिएसन धनकुटाले गरेको हो । मालपोत कार्यालयका प्रमुख यादवप्रसाद आचार्यले उनलाई दोसल्ला, माला, खादा र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका छन् । उनलाई मायाको चिनो स्वरुप चयनपुरे करुवासमेत प्रदान गरिएको थियो ।
सो अवसरमा श्रेष्ठले आफु वि.सं.२०१७ सालदेखि सो व्यावसायमा संलग्न भएको बताए । उनले यो व्यवसायमा आउनु भन्दा अघि सेनाको राशन ठेक्का काम गरेको अनुभव सुनाए । उनले लेखापढी व्यवसायबाटै परिवार पाल्न सक्षम भएको भन्दै यो पेशाबाट सन्तुष्ठ रहेको प्रतिक्रिया दिदै । उनले नयाँ व्यवसायीहरुलाई इमान्दार भएर लेखापढी व्यवसाय सञ्चालन गर्न अनुरोध गरे ।
सो अवसरमा नापी कार्यालयका प्रमुख मिथिलेस यादव, उच्च अदालत वार एशोसिएशन धनकुटाका अध्यक्ष लाखमान राई, सचिव दिनेश पौडेल, वरिष्ठ अधिवक्ता डा.गोपालबहादुर भट्टराई, लेखापढी व्यवसायी रणबहादुर थापा, गोविन्द निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित श्रेष्ठलाई वधाई ज्ञापन गरेका थिए । सम्मान कार्यक्रम नेपाल लेखापढी कानुन् व्यवसायी एशोसिएशन धनकुटाका अध्यक्ष मानप्रकाश खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।