धनकुटा ३ पुष । नेपाल महिला संघका केन्द्रिय महासचिव तथा राष्ट्रिय सभाका पूर्व सदस्य धना खतिवडाले महिलाहरुलाई राज्यको निर्णायक तहमा सार्थक सहभागिता गराउनु पर्नेमा जोड दिईन । सो कुरा उनले नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा संघका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा वताएका हुन् । उन नेपाली कांग्रेसको हरेकले तहमा महिलाहरुलाई जिम्मेवारीका साथ सहभागिता गराउनु पर्ने वताईन । उनले पार्टी गुट उपगुटमा विभाजित नभई एकजुट भई संगठन विस्तारमा लाग्नु पर्नेमा जोड दिईन ।
सो अवसरमा धनकुटा कांग्रेसका सभापति अग्नीप्रसाद पौडेल, प्रदेश सांसद तथा नेपाल महिला संघका अध्यक्ष लिला सुब्बा, संघकी केन्द्रिय सदस्यहरु शोभा पालुङ्गा, अनु गुरुङ्ग, धनकुटा काग्र्रेसका सचिव विजयसन्तोषी राई, सचिव रविन्द्र नेपाली, महासमिति सदस्यहरु नीता आर्चाय, सीता पौडेल, जिल्ला सदस्य खेमराज पौडेल, नगर सभापति रोशन श्रेष्ठ लगायतले समेत महिलाहरुलाई पार्टीको नेतृत्वमा सम्मानजनक सहभागीता गराए मात्र पार्टी बलियो हुने बताए ।
संघको संगठन विस्तारका लागी पूर्वी नेपालको भ्रमणमा आएकी खतिवडासहितको टोलीलाई नेपाली कांग्रेसको पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।