धनकुटा ८ पुष । संसद विघटन निर्णयसँगै नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढेको जनाएको छ । यसैक्रममा आज भेडेटारमा आयोजित पार्टी प्रवेश तथा क्रियाशील सदस्यता वितरण कार्यक्रममा राप्रपा र नेकपाका सयौ नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन ।
यसरी प्रवेश गर्नेहरुको संख्या २ सय ४ जनालाई कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला सभापति अग्नीप्रसाद पौडेल, प्रदेश १ का सासद लिला सुब्बालगायतले स्वागत गरेका छन् ।
सो अवसरमा पूर्वमन्त्री थापाले मुलुक जटिल अवस्थाबाट गुज्रिरहेकोले यसको समाधान नेपाली कांग्रेसले मात्र सक्ने बताए । उनले अहिले मुलुकमा संवैधानिक संकट आएकोले सर्वोच्च अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठले लोकतन्त्र संकटमा पर्दै गएकाले अव लोकतन्त्रको रक्षाका लागी गुटमा विभाजित भएर हैन एकजुट भएर कांग्रेस अगाडि बढ्नु पर्ने बताए । उनले कांग्रेसको नेतृत्वको सरकारले संविधान बनाएकोले यसको संरक्षणका लागि पनि कांग्रेस थप जिम्मेवारका साथ क्रियाशील हुनु पर्ने बताए ।
नेपाली कांग्रेसका सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सो अवसरमा प्रदेश सभाका सदस्य लिला सुब्बा, उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, सदस्यहरु रमेश ईवाहाङ्ग, नेपालधन राई, क्षेत्रीय सभापति जितेन्द्र राई, सागुरीगढी गाउपालिका सभापति यमप्रकाश मगरलगायतले संविधान र लोकतन्त्रको रक्षाका लागी कांग्रेसले गाउँगाउँमा जागरण अभियानका साथ अगाडी बढ्नु पर्नेमा जोड दिए ।
सो अवसरमा संविधानसभा सदस्य अञ्जना ताम्ली, कांग्रेस सहसचिव सीता प्रधान, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु कमोट फागो, मोहन बान्तवा, सुमना तिम्सिना, प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ, सागुरीगढी ५ का वडाध्यक्ष पलक बस्नेत, सहिदभूमी गाउँपालिका सभापति तिर्थ राई, छथरजोरपार्टीका सभापति छत्र सुब्बा, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा राप्रपा साँगुरीगढीका र नेकपाबाट राधिका लिम्बु, चन्द्र याक्खा, राजेन्द्रकुमार इङ्नाम, पुष्कर लिम्बु, किशान लिम्बु, ओमकुमारी राई, सुमन इवाहाङ, सुरेश कुमार नयोङहाङ्ग, हर्कबहादुर लिम्बु, हरी भण्डारी, राम वहादुर मगर,चन्द्रकला राई,बल विर लिम्बु, रामकुमार याक्खालगायत २ सय ४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका साँगुरीगढीका पार्टी अध्यक्ष यमप्रकाश मगरले जानकारी दिए ।