धनकुटा । कोहिपनि नागरिक उज्यालोबाट बञ्चित हुनु नपरोस् भन्दै चालु आर्थिक वर्षमा शहिदभुमी गाउँपालिकाले ४० गरिव तथा विपन्न परिवारलाई सोलार बत्ति वितरण गर्ने भएको छ ।
गाउँपालिकाले यो कार्यक्रम वैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रम अन्र्तगत गाउँपालिकाका विद्युत महसुलसमेत वुझाउन नसक्ने विपन्न परिवारलाई वितरण गरिन लागेको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । कार्यक्रमअनुसार अहिले ५ घरलाई सोलार बत्ति वितरण गरिसकिएको अध्यक्ष राईले जानकार िदिए । उनले बाँकी ३५ घरलाई पनि चाडै नै वितरण गर्ने जानकारी दिए ।
र्यक्रमअनुसार ती विपन्न प्रत्येक परिवारलाई २० वाट क्षमताको ५ वटा वत्ति वल्ने सोलार प्रणालीको बत्ति जडान गर्नेगरी वितरण गरिने अध्यक्ष राईले जानकारी दिए । कार्यक्रमअनुसार यो आर्थिक वर्षमा ४० घरपरिवारलाई मात्र सोलार वितरण गरिने लक्ष्य भएपनि वडाबाट थप सिफारिस आए ६७ घरपरिवारलाई सम्म वितरण गर्ने गरी तयारी गरिएको अध्यक्ष राईले जानकारी दिए ।
यसअघि गत आर्थिक वर्ष २०७६÷७७ मा पनि ३५ घरपरिवारलाई सोलार वितरण गरिएको प्रशासकीय प्रमुख राजकुमार शाक्ले जानकारी दिए । उनकाअनुसार गाउँपालिकामा प्राप्त सर्शत अनुदान ७ लाख र गाउँपालिकले सोही कार्यक्रमका लागि थप गरेको २ लाख वजेट मार्फत सोलार प्यानल खरिद, गरी जडान सहित सुधारिएको चुलो र बाँयोग्याँस पनि वितरण गरिने जानकारी दिए ।