• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पाख्रीवासमा कांग्रेस प्रवेशको लहर

Dhankuta News by Dhankuta News
२०७७, १५ पुष बुधबार १४:४०
0
0
SHARES
210
VIEWS
Share on FacebookShare on Twitter
पाख्रीवासमा कांग्रेस प्रवेशको लहर

धनकुटा । गत स्थानीय तहको निर्वाचनमा एक सिट विजय गर्न नसकेको पाख्रीवासमा अहिले कांग्रेस प्रवेश गर्नेहरुको लहर चलेको कांग्रेस सचिव विजयसन्ता्षी राई बताउँछन् । पाख्रीवासमा आयोजित नेपाली कांग्रेसको पार्टी प्रवेश, समायोजन तथा क्रियाशील सदस्यता वितरण कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौ नेता तथा कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् ।

सो कार्यक्रमा नेकपा, जनता समाजवादी पार्टी र राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका तथा राप्रपाबाट समायोजन हुने सयौ नेता तथा कार्यकर्ताहरुलाई पूर्वमन्त्री तथा पार्टीका सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठ, पार्टीका सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य ज्ञानु गुरुङ, पाख्रिवासका कार्यवाहक सभापति प्रेम भण्डारीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

सो कार्यक्रममा द्वन्द्वको समयमा बेपत्ता भएका उत्तमकुमार न्यौपानेका धर्मपत्नी पदम कुमारी न्यौपानेलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा पार्टी प्रवेश कार्यक्रमा नेकपा तथा जनता समाजवादी पार्टी परित्याग गरी पाख्रिवास नगरपालिका क्षेत्रबाट नेपाली कांग्रेसका प्रवेश गर्नु हुनेहरुमा निमा तामाङ्ग,रण वहादुर राउत,विर्ख वहादुर तामाङ, बिनोद तामाङ, दिपक खड्का, लालबहादुर थापा, रुपेश राई, अजय राई, गणेश गिरी, नरबहादुर गिरी, रञ्जीत राई, कुमारी भुजेल, देवी विक, गणेश गिरी, तिलक फुयाल, कमला भुजेल, बिष्णु सुवेदी, कृष्णबहादुर राई, युद्ध राई, प्रविण राई लगायत ३४ जना रहेको कांग्रेस कोषाध्यक्ष दिनेश राईले जानकारी दिए ।
यसैगरी राप्रपा परित्याग गरी समायोजन हुनेहरुमा कृष्ण थापा, निलम थापा,, गोपाल थापा, रमेश भण्डारी, लोकबहादुर मगर, मिन कुमार राई, बलाराम थापा, गोपाल राई, अशोक राई, देवकुमार राई, बिक्रम राई, पूर्ण राई, सन्जिव राई, कृष्ण राईलगायत ३ सय ३७ जनालाई पार्टीमा स्वागत गरिएको थियो ।

नवआगन्तुकहरुलाई स्वागत गर्दै सहमहामन्त्री थापाले नेपाली जनताले दुई तिहाई नजिक बहुमत दिएर विजयी गराएको नेकपाको सरकारले संसद विघटन गराएर जनता विश्वासघात गरेको बताए । उनले संसद विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र जनताप्रपतिको अपमान भएको बताए । उनले नेकपाले जनताको विश्वास गुमाएकोसमेत बताए ।

सो अवसरमा केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठले कोरोना महामारीको संकटको समयमा जनताको हितका लागि कार्य गर्नुपर्ने नेकपाको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको र संसद विघटन गरेर अधिनायकवादतर्फ उन्मुख रहेको बताए । उनले सरकार जनताप्रतिको गैरजिम्मेवार कार्यशैलीले पूर्ण रुपमा असफल भएको बताए ।

कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा सो कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बा, संविधानसभा सदस्य अञ्जना ताम्ली, कांग्रेस केन्द्रिय आदिवासी जनजाति समन्वय समितिका केन्द्रिय सदस्य आनन्दसन्तोषी राई, उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु कमोट फागो, ज्ञानु गुरुङ, जयन्द्र घिसिङ, क्षेत्रीय सभापति इन्दिरा थापा, पाख्रिवास नगर पार्टीका कार्यवाहक सभापति प्रेम भण्डारी, महिला संघका उपाध्यक्ष अम्विका धमला, यूवा नेता कृष्ण थापाले नेकपाको सरकारले नेकपाको सरकारले अहिलेको महामाहारीको अवस्थामा थप आर्थिक दायित्व बढाउन संवैधानिक ढंगले संसद विघटन गरेकोले यसको प्रतिरोध गर्नुपर्ने वताए । उनीहरुले पाख्रीवास नगरपालिका एकलौटी रुपमा नेकपाले विजय गरेको भएपनिआगामी दिनमा तोडिने प्रतिवद्धता जनाए ।

दुई चरणमा भएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता पाख्रीवास नगर पार्टीका कार्यवाहक सभापति प्रेम भण्डारीले गरेका थिए । सो कार्यक्रमको संचालन जिल्ला सदस्य जयन्द्र घिसिङ र स्वागत मन्तव्य जिल्ला सदस्य ज्ञानु गुरुङले गरेका थिए । यस्तै जिल्ला सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षमा भएको दोस्रो चरणको कार्यक्रमको संचालन सचिव विजयसन्तोषी राईले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

अन्तरक्रिया कार्यक्रमसहित प्राधिकरण स्थापना दिवस सम्पन्न

Next Post

शहीदभूमि गाउँपालिकाद्वारा विद्यार्थीलाई स्वीटर

Next Post
शहीदभूमि गाउँपालिकाद्वारा विद्यार्थीलाई स्वीटर

शहीदभूमि गाउँपालिकाद्वारा विद्यार्थीलाई स्वीटर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..