• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

ट्याक्टरले किचेर विद्यालय जादै गरेकी छात्राको मृत्यू

क्षतिपुर्तिको विषयमा कुरो नमिल्दा शव उठेन

Dhankuta News by Dhankuta News
२०७७, २७ पुष सोमबार २०:१४
0
0
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter
ट्याक्टरले किचेर विद्यालय जादै गरेकी छात्राको मृत्यू

धनकुटान्यूज पुष २७ ।
हिजो आईतवार विहान करिव ९ः३० वजे विद्यालय जाँदै गरेकी एक छात्राको ट्याक्टरले किचेर घटनास्थल मै मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा नं.८ पेलेकपाङकी १५ वर्षिया रेविका आठपहरिया राईको विद्यालय आउने क्रममा सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किचेर घटनास्थल मै मृत्यु भएको हो । उनी त्रिवेणी माविमा कक्षा–९ मा अध्ययनरत छात्रा भएको प्रधानाध्यापक्र.दिपक पोख्रेलले जानकार िदिए । उनी सोहि विद्यालयको कक्षा ५ मा अध्ययनरत आफ्नी वहिनी लोजिनासँगै विद्यालय गईरहेकि थिईन् ।

मृतक रेविकासँग सहपाठी मोनिका आठपहरिया र कक्षा–२ मा अध्ययनरत छात्र प्रतिक आठपहरिया पनि सँगै थिए । उनीहरु तीनै जना सकुशल रहेका छन् । घट्नामा परी मृत्यु भएकी छात्रा इन्द्र आठपहरियाका जेठी छोरी हुन् । उनको २ छोरी त्रिवेणी माविमा अध्ययन गर्दै आएका थिए । घटनाका स्थानीय प्रत्यक्षदर्शी देवान कान्छाले एकछिन विद्यार्थी आउँदैछन् ट्रली नहल्ला भन्दाभन्दै जर्वजस्ती ट्याक्टर चालकले बालुवा अनलोड गर्दा ट्रली घोप्टिएर सेविकालाई लागेको बताए । उनले ट्रली आफुतिर आएको देखेपछि विद्यार्थीहरु भागेका थिए । तर, भाग्दाभाग्दै ट्रलीले लागेर आफ्नो आँखै अगाडी रेविकाको मृत्यु भएको दुःखसाथ बताए ।

सो ट्रयाक्टर स्थानीय देवी श्रेष्ठको निर्माणाधीन घरमा बालुवा बोकेर आएका थिए । बालुवा अनलोड गर्ने क्रममा हाईड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । दुर्घटनापछि ट्याक्टरका चालक भागेर प्रहरीको सम्पर्कमा पुगेका थिए । घटनामा लापर्वाही देखिएकोले ट्याक्टर चालकलाई कडा कार्वाही गर्नुपर्ने प्रत्यदर्शीको भनाई छ । यस्तै पीडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउनु पर्ने बताए । स्थानीयका अनुसार विद्यालय समयमा लोड गाडीहरु प्रवेशमा रोक लगाउनस पर्नेतर्फ औल्याए । घट्नापछि मृतक छात्राको लाशलाई जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

क्षतिपुर्तिको विषयमा कुरो नमिल्दा शव उठेन

सो दुर्घटनामा ज्यान गुमाएका परिवारले ११ लाख रुपैयाँ क्षतिपुर्ति स्वरुप पाउनु पर्ने माग अघि सारेका छन् । पीडित परिवार र ट्याक्टर धनीवीच क्षतिपुर्तिको विषयमा सहमति जुट्न नसके पछि शव उठाएका छैनन् । परिवारले ट्याक्टर चालकको लापर्वाही भन्दै चालकलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने माग गर्दै हिजो आईतवार जिल्ला प्रहरी कार्यालय दिनभर घेराउ गरेका थिए ।
प्रहरी कार्यालयमा पीडित पक्ष र धनकुटा–६ घर भएका गाडी मालिक नारायण विश्वकर्माविच क्षतिपुर्तिको विषयमा छलफल भएको थियो । पीडित पक्षले १ लाख क्रियाखर्च र १० लाख क्षतिपुर्ति दिनु पर्ने तर गाडी मालिकले १ लाख, क्रिया खर्च र ५ लाख क्षतिपुर्ति दिने भएपछि सहमति जुट्न नसकेको धनपा–८ का वडाध्यक्ष सुमन आठपहरियाले बताए । पीडित पक्षले उचित क्षतिपुर्ति नपाएसम्म लाश नउठाउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र आठपहरियाको अध्यक्षतामा बसेको बैठकले गाडी मालिक विक माविको लेखापाल भएकाले क्षतिपुर्तिको विषयमा सहमति नजुटेसम्म निलम्वन गरिएको छ । विद्यार्थीहरुको अभिभावकहरुले गाडी मालिक विकलाई हटाउन दवाव दिएपछि निलम्वन गरिएको अध्यक्ष सुरेन्द्र आठपहरियाले जानकारी दिए ।

यता गाडी मालिक विकले क्रियाखर्चसहित ६ लाख दिन्छु भन्दा पनि निलम्वन गर्नेसुन्दा दुःख लागेको बताए । उनले आफुसँग पैसा छैन, वीमाले दिने ५ लाख र क्रियाखर्च १ लाख तत्काल दिने भन्दा पनि सहमति नभएको दुःखेसो पोखे । उनले बढीमा ७ लाखसम्म दिन सकिने सो भन्दा बढी दिन नसकिने भन्दै बरु जेल बस्न तयार हुने बताए ।

मृतक रेविकाका पिता बैदेशिक रोजागारीको सिलसिलामा साउदी अरबमा छन् । आमा फुलकुमारी आठपहरियाल भने घरमा छिन । उनले लापार्वाही गर्ने चालकलाई कडा भन्दा कडा कार्वाही र उचित क्षतिपुर्तिको माग गर्दै सहयोग गर्न आग्रह गरिन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

शहीदभूमि गाउँपालिकाद्वारा विद्यार्थीलाई स्वीटर

Next Post

एकता दिवसको अवसरमा दीप प्रज्ज्वलित

Next Post
एकता दिवसको अवसरमा दीप प्रज्ज्वलित

एकता दिवसको अवसरमा दीप प्रज्ज्वलित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..