धनकुटान्यूज पुष २७ ।
नेपाल एकीकरण भएको सम्झना स्वरुप मनाईने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा आज धनकुटा उद्योग बाणिज्य संघले चुवाको बोटमा दीप प्रज्ज्वलित गरेको छ । संघले साना साना राज्यलाई एकीकरण गरी अहिलेको राष्ट्र निर्माण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा मनाईने राष्ट्रिय एकता दिवसको अवसरमा दीप प्रज्ज्वलित गरेको संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्यहरु रेजिना पलिखे, अम्विका धमला, विशिष्ठ सदस्यहरु शैलेसमान श्रेष्ठ, शोभा श्रेष्ठ, होटल एशोसिएशनका सचिव जयमणी घिमिरे, महिला नेतृ सावित्रा राई, व्यवसायी लक्ष्मी श्रेष्ठ, कलाकार अभिषेक राई, संघका कर्ममारीहरु सिचन प्रधान, मुकेश राई, मनिष श्रेष्ठलगायतको सहभागिता रहेको थियो । सो अवसरमा अध्यक्ष राईले नेपाल एकीकरणको महत्वको वारेमा प्रकाश पारेका थिए ।