• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

Dhankuta News by Dhankuta News
२०७७, ६ माघ मंगलवार १८:३६
0
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter
नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

धनकुटान्युज । नेपाली कांग्रेसले सरकारले गरेको अवैधानिक संसद विघटनको विरोध गर्दै देशव्यापी रुपमा स्थानीय तहहरुमा विरोध प्रदर्शन सम्पन्न गरेका छन् । यसैक्रममा धनकुटामा पनि सातै स्थानीय तहहरुमा विरोध प्रदर्शन आयोजना गरेका थिए ।

नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिको आयोजनामा हिले बजारमा विरोध प्रदर्शन गरियो । सभा शुरु हुनु अघि तोङ्वा चौकबाट जुलुस शुरु गरिएको थियो । जुलुस‘ बजारको विभिन्न भागहरुको परिक्रमा गरी सोही स्थानमा आई सभामा परिणत भएको थियो ।
सभालाई नेपाली कांग्रेसका सहमहामन्त्री पूर्वमन्त्री सुनिलबहादुर थापाले लोकतन्त्र र संविधान संकटमा परेकाले कांग्रेस वाध्य भएर सडकमा आउनु परेको बताए । उनले लोकतन्त्र र संविधानको रक्षा अब कांग्रेसले मात्र गर्न सक्ने बताए ।

नगर कार्यसमितिका सभापति रोशन श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, धनकुटा नगरपालिकाका पूर्व कार्यवाहक प्रमुख हेमबहादुर तामाङ, जिल्ला सदस्यहरु रुकमान तामाङ, जयन्द्र घिसिङ,नगर सचिव सिताराम न्यौपाने, स्थानीय नेताहरु भूपेन्द्र कटुवाल, शान्ति खड्कालगायतले सरकारले अवैधानिक रुपमा संसद विघटन गरेर देशमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । उनीहरुले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

यसैगरी असंवैधानिक कदमको विरुद्ध गर्दै भेडेटारमा पनि विरोध प्रर्दन गरियो । साँगुरीगढी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तथा कांग्रेस पालिका अध्यक्ष यमप्रकाश मगरको अध्यक्षामा आयोजित सभामा कांग्रेसका महासमिति सदस्य आनन्दसन्तोषी राई, जिल्ला सहसचिव सीता प्रधान, जिल्ला सदस्यहरु नेपालधन राई, रमेश इवाहाङ, मोहन बान्तवा, क्षेत्रीय सभापति जितेन्द्र राई, कोषाध्यक्ष निरुपा राई, तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज साङ्वो,,शिक्षक संघका सचिव धनकुमार राई, वडा ८ का सभापति प्रकाश राईलगायतले देशमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताए । उनीहरुले जनताले दुई तिहाई नजिकको मत प्रदान गरेको कम्युनिष्ट सरकारले संसद विघटन गरेर जनताको अपमान गरेको आरोप लगाए ।

यस्तै राजारानीमा कांग्रेस चौविसेका सभापति बिजु राईको अध्यक्षमा भएको विरोध प्रर्दशन तथा सभामा कांग्रेसका नेता कमोट फागो, महासमिति सदस्य दुर्गा सुवेदी, जिल्ला सदस्य हर्कमान चेम्जोङ, शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, पार्टी पालिाका सचिव कमल बराल, वडा सभापति मेघबहादुर थापा, नेविसंघका सविन अधिकारीलगायतले असंवैधानिक कदमको विरुद्ध कांग्रेस आन्दोलनमा आएको बताए ।

यस्तै पिप्लेमा कांग्रेस सहिदभूमिका पार्टी सभापति तीर्थ राईको अध्यक्षतामा भएको विरोध प्रर्दशन तथा सभामा कांग्रेस जिल्ला उपसभापति नविनकिशोर शाक्य, शिक्षक संघका प्रदेश अर्थ महासचिव राम कुमारी भण्डारी, महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, महासमिति सदस्य रमेश राई, क्षेत्रीय सदस्य कमलकुमारी राई, सहसभापति लक्ष्मण राई, सचिव रुद्र राई, वडा सभापतिहरु श्याम राई, भीमनाथ खड्कालगायतले देश कोरोनाको महामारीमा परिरहेको अवस्थामा सरकार निर्वाचन गर्न संसद विघटन जस्तो असंवैधानिक कदमलाई समर्थन गर्न नसकिने बताए । उनीहरुले जनताको स्वास्थ्य सुरक्षामा खर्च गर्नुपर्ने वजेट निर्वाचनमा खर्च गर्न नसकिने बताए ।

यस्तैगरी जितपुरमा कांग्रेस महालक्ष्मी नगरपालिका सभापति ध्रुवराज रायको अध्यक्षतामा प्रर्दशनमा जिल्ला सभापति अग्नीप्रसाद पौडेल, संविधान सभा सदस्य अञ्जना ताम्ली, महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, जिल्ला सदस्यहरु खेम पौडेल, गोपालचन्द्र थापा, पालिका सचिव परिर्वतनराज पौडेल लगायतले संसद विघटन असंवैधानिक भएकाले सर्वोच्च अदालतबाट पुर्नस्थो विश्वास व्यक्त गरे ।
यसैगरी छथरजोरपाटीमा पालिका सभापति छत्र सुब्बाको अध्यक्षतामा भएको विरोध प्रर्दशन तथा सभामा कांग्रेस जिल्ला सचिव रविन्द्र नेपाली, जिल्ला सदस्यहरु ,विष्णु पौडेल, गिरिजा दाहाल, परिचालन समितिका संयोजक भिष्म गुरुङ, पालिका सचिव गोविन्द लिम्बुलगायतले संविधानमै प्रधानमन्त्रीद्वारा स्वविवेकमा संसद विघटनको व्यवस्था नरहेको बताउँदै पुनस्र्थापनामा जोड दिए ।

पाख्रीवासमा भने पार्टी नगर सभापति कोपिन मानन्धरको हालै निधन भएकोले शोकका कारण कार्यक्रम नभएको पार्टी जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

Next Post

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

Next Post
सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..