धनकुटान्युज माघ १२ । कम्प्युटर एशोसियशन नेपाल महासंघको धनकुटा शाखा गठन गरिएको छ । महासंघको प्रदेश नं. १ का अध्यक्ष भवकृष्ण तिम्सिनाको अध्यक्षतामा सम्पन्न भेलाले व्यवसायी विजयशेखर श्रेष्ठको अध्यक्षतामा ४ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । नवगठित समितिको सदस्यहरुमा उमा घिमिरे, दिपक घिमिरे, शिशिर श्रेष्ठ र बसन्त ढुगेल रहेका छन् ।
सो अवसरमा महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवरले १२ वर्ष अघि धनकुटामा क्यानको जिल्ला तदर्थ समिति गठन गरेको स्मरण गरे । उनले अहिलेको समय भनेको डिजिटल युगको भएकाले यसको विकास र विस्तार व्यापक रुपमा ुदै गएको बताए । उनले सबैलाई यो प्रविधिका वारेमा जानकारी दिन क्यानले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सो अवसरमा केन्द्रिय उपाध्यक्ष खुसल रेग्मी, महासचिव नारायण थापाले क्यानले अहिलेसम्म गरिरहेको क्रियाकलाप र भावी दिन कसरी अगाडि बढ्ने भन्ने वारेमा जानकारी दिएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।