धनकुटान्युज । सहिदभूमि गाउँपालिका वडा नं. ७ वडामा नेकपा परित्याग गरी ३७ जना कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस सहिदभूमि गाउँपालिका वडा नं. ७ वडासमितिको आयोजनामा आयोजित विरोध तथा प्रवेश कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेको नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारीले जानकारी दिईन् ।
नेकपाबाट मानबहादुर मगरको नृतृत्वमा उनीहरु नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका थिए । यसरी प्रवेश गर्नेहरुमा अनिल राई, राजेन्द्र दमाई, गजेन्द्र भण्डारी, रामबहादुर नेपाल, टंकबहादुर श्रेष्ठलगायतका रहेको भण्डारीले जानकारी दिईन् ।
मंगल सिंह राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि भण्डारीले उनीहरुलाई टिका, माला लगाई स्वागत गरेका थिए । प्रमुख अतिथि भण्डारीले उनीहरुलाई स्वागत गर्दै नेपाली कांगेस देशको एकमात्र लोकतानित्रक पाटीृ भएको उल्लेख गर्दै नवप्रवेशीहरुलाई योग्यताअनुसार जिम्मेवारी दिईने बताईन् । उनले देशमा सुशासन र शान्ति कायम गर्न नेपाली कांग्रेसमा गोलबनद हुन आग्रह गरिन् ।