• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

खानेपानी आयोजनाहरुको स्वामित्व हस्तान्तरण

Dhankuta News by Dhankuta News
२०७७, २४ माघ शनिबार १५:५५
0
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति, काठमाडौंको आर्थिक सहयोग तथा सहयोगी संस्था गरिवी निवारण तथा ग्रामीण विकास कार्यक्रम(पर्डेप-नेपाल), धनकुटाको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानहरुमा निर्माण भएका खानेपानी योजनाका स्वामित्व उपभाेक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

जिल्लाको सागुरिगढी गाउँपालिका वडा नं.५ स्थित ओख्रे खानेपानी आयोजनाको मिति २०७७ माघ १४ गते वडाअध्यक्ष श्री पलक वहादुर वस्नेत, सहयोगी संस्थाका अध्यक्ष श्री नरेश प्रसाद श्रेष्ठ र ओख्रे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री कर्ण वहादुर पुलामी मगरले संयुक्त हस्ताक्षर गरी उक्त खानेपानी तथा सरसफाई आयोजनालाई उपभोक्ता समितिवाट संचालन तथा आयोजनाको स्वामित्व स्थानीय तह वडा कार्यालयले जिम्मा लिने गरी आयोजना हस्तान्तरण भएको छ ।

मिति २०७५÷१÷९ मा सम्पन्न उक्त खानेपानी तथा सरसफाई आयोजना सम्पन्न हुन अघि उपभोक्ताहरु गाउँ देखि १ किलो मिटर टाढावाट पानी वोकेर उकालोमा घर आउन करिव १५ मिनेट समय लाग्ने गरेको अवस्थावाट पार पाउदा उपभोक्ताहरु एकदम हर्षित छ भन्नुहुन्छ उपभोक्ता समितिका अध्यक्ष कर्ण वहादुर पुलामी मगर । उक्त खानेपानी लिफ्ट प्रणालीवाट संचालित रहेको छ ।

लाभान्वित घरधुरी ११९ र जनसंख्या ६१० भएको उक्त आयोजनाको लागि ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिले ४३,६६,१६६÷ आर्थिक सहयोग गरेको थियो । अरु नगद र श्रमदान गरी उपभोक्ताले ११,१२,०५३÷व्यहोरेको उक्त खानेपानी आयोजनाको कूल लागत ५५,६०,२६५÷ रहेको र एक घर एक धाराको व्यवस्था गरिएको कुरा पर्डेपका अध्यक्ष श्री नरेश प्रसाद श्रेष्ठले वताउनु भयो ।

लेगुवामा पनि खानेपानी तथा सरसफाई आयोजना हस्तान्तरण

मिति २०७७÷१०÷१५ गते महालक्ष्मी नगरपालिका वडा नं.५ को सालघारीमा संचालित खानेपानी आयोजनाको पनि वडा कार्यालय,सहयोगी संस्था पर्डेप र अरुणोदय खानेपानी तथा सरसफाई उपभोक्ता समिति वीच एक कार्यक्रम गरी वडा कार्यालयलाई आयोजनाको स्वामित्व हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । घरधुरी संख्या १०७ र लाभान्वित जनसंख्या ६७२ लाई सुरक्षित खानेपानीका लागि १ घर १ धाराको व्यवस्था हुनुका साथै ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति,काठमाडौंवाट खानेपानी आयोजनाका लागि रु ५४,८७,०७८÷ उपभोक्ताहरुवाट नगद र श्रमदान गरी १४,६६,०६०÷व्यहोरी जम्मा योजनाको लागत रु ६९,५३,१३८÷ रहेको छ

खानेपानीको लागि गाउँवाट करिव ६ कि.मि. टाढा रहेको मुलवाट पानी ल्याईएको र खानेपानीको मुल किन्दा उपभोक्ताले रु ६,३९,०००÷ भुक्तानी गर्नुका साथै निर्वाचन क्षेत्र विकास कार्यक्रमवाट संविधानसभाका सदस्य श्री उदय नेपाली श्रेष्ठले रु ३ लाख उपभोक्ता समितिलाई सहयोग गर्नुभएको थियो । अन्य खानेपानीको विकल्प नरहेको सालघारीमा यदी उक्त खानेपानी आयोजना संचालन नभएको भए आधा जसो घर वसाई हिड्नु पर्ने अवस्था सृजना हुने थियो भन्नुहुन्छ खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री शंकर मिश्र ।
गाउँमा खानेपानीको दुखः भएकोमा एक हदसम्म स्थानीय वासिन्दाले राहत महशुस गरेको र आगामी दिनमा मुल थप्नका लागि प्रयास गरिने कुरा वताउनु हुन्छ सोही वडाका वडाअध्यक्ष श्री शिव कुमार लिम्वु ।

खुडितरिटोल खानेपानी आयोजना हस्तान्तरण कार्यक्रम
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति,काठमाडौंको आर्थिक सहयोग तथा सहयोगी संस्था गरिवी निवारण तथा ग्रामीण विकास कार्यक्रम(पर्डेप—नेपाल),धनकुटाको प्राविधिक सहयोगमा धनकुटा जिल्लामा ८ वटा खानेपानी आयोजना संचालन भएकोमा हालसम्म ४ वटा खानेपानी तथा सरसफाई आयोजनाहरु अरुणोदय खानेपानी,ओख्र खानेपानी आयोजना,खुडितरिटोल खानेपानी आयोजना र थलथले खानेपानी तथा सरसफाई आयोजना सम्वन्धित वडालाई हस्तान्तरण भएको छ भने वाँकी खानेपानी आयोजनाको पनि क्रमश हस्तान्तरण हुदै जाने कुरा पर्डेपका अध्यक्ष श्री नरेश प्रसाद श्रेष्ठले वताउनु भयाे ।

धनुकटा जिल्लाको विकट गाउँमा सम्पन्न सागुरिगढी गाउँपालिका वडा नं.८ स्थित महाभारतको खुडितरिटोल खानेपानी आयोजनाको मिति २०७७ माघ १७ गते वडाअध्यक्ष श्री विनय राई,सहयोगी संस्थाका अध्यक्ष श्री नरेश प्रसाद श्रेष्ठ र खुडितरिटोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री दिल वहादुर नेपालीले संयुक्त हस्ताक्षर गरी उक्त खानेपानी तथा सरसफाई आयोजनालाई उपभोक्ता समितिवाट संचालन तथा आयोजनाको स्वामित्व स्थानीय तह वडा कार्यालयले जिम्मा लिने गरी एक कार्यक्रमको वीच आयोजना हस्तान्तरण भएको छ । आयोजना हस्तान्तरण अधि वडा कार्यालय,सहयोगी संस्था पर्डेप र उपभोक्ता समितिका प्रतिनिधिहरु सम्मिलित संयुक्त टोलीवाट खानेपानीका श्रोत÷मुल र अन्य संरचनाहरुको अनुगमन गरिएको थियो ।

उक्त खानेपानी तथा सरसफाई आयोजना खानेपानीका श्रोतहरु घटेर पानी पिउन धौधौ परिरहेको अवस्थामा मिति २०७५÷१÷९ मा सम्पन्न उक्त खानेपानी आयोजना सहयोगी संस्थाको सहजीकरणमामा गाउलेहरुले पुरा गरेका हुन् । गाउँ देखि २ किलो मिटर टाढा खोलाको पानी ल्याएर खानेपानी खान परेको अवस्थामा उक्त खानेपानी हिउदमा पानी राम्रै भएपनि वर्षादको समयमा पानी धमिलो र प्रदुषण हुने भएकाले कस्तो उपाय गरेमा पानी सुरक्षित पिउन सकिन्छ यस वारेमा छिटो ध्यान दिनुपर्ने कुरा उपभोक्ता समितिका अध्यक्ष दिल वहादुर नेपालीले वताउनु भयो ।

यस वारे जिज्ञासा राख्दा पर्डेप संस्थाका अध्यक्ष श्री नरेश प्रसाद श्रेष्ठले पानी शुद्धिकरणका लागि छिटो फिल्टर जडानका लागि फण्डवोर्ड समक्ष प्रस्ताव राखि सकिएको र फण्डवोर्ड यस विषयमा सकारात्मक भएको कुरा वताउनु भयो । खानेपानीको स्रोत नजिकै कावेली कोशी करिडोर सडक निर्माणका कारण खोलाको पानीमा मानिसहरुको आवातजावात वढेको, नुहाउने,लुगाधुने आदि कारणहरुले पिउने पानीमा प्रदुषण वढिरहेको,सडक खन्ने क्रममा खानेपानीका पाईपहरु,रिजर्भवयर टंकी र झोलुंगे पुल र सिचाई गर्ने कुलोमा क्षति पुगेको र यस वारेमा वारम्वार ध्यानाकर्षण गर्दा पनि निर्माण कम्पनीले उपेक्षा गरेको हालसम्म पनि क्षति भएको संरचनाहरुको मर्मत नगरि दिएको हुँदा गाउलेहरुलाई ठूलो मार्का परेका कुरा वताउनुहुन्छ उपभोक्ता समितिका सचिव श्री घनश्याम मगर ।
लाभान्वित घरधुरी ९२ र जनसंख्या ५५७ भएको उक्त आयोजनाको लागि ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिले ३६,६६,८०१÷ आर्थिक सहयोग गरेको थियो । अरु नगद र श्रमदान गरी उपभोक्ताले ९,७९,९७०÷व्यहोरेको उक्त खानेपानी आयोजनाको कूल लागत ४६,४६,७७१÷ रहेको र एक घर एक धाराको व्यवस्था गरिएको कुरा पर्डेपका अध्यक्ष श्री नरेश प्रसाद श्रेष्ठले वताउनु भयो ।

थलथले खानेपानी तथा सरसफाई आयोजनाको वडा कार्यालयलाई हस्तान्तरणः
यहि मिति २०७७ माघ १९ गतेका दिन शहिदभूमि गाउँपालिका वडा नं.६ स्थित थलथलेवजार खानेपानी तथा सरसफाई आयोजनाका वडाअध्यक्ष श्री हेम कुमार राई,सहयोगी संस्थाका अध्यक्ष श्री नरेश प्रसाद श्रेष्ठ र खानेपानी उपभोक्ता समितिको अध्यक्ष श्री हुकुम चन्द्र राई सहितका टोलीले खानेपानी आयोजनाको निर्माण गरिएका ईन्टेक,आर.भि.टी,सम्पवेल,स्वीच पम्पहाउस लगायतका संरचनाहरुको संयुक्त रुपमा अनुगमन कार्य भएको छ ।

आयोजनाको अनसगमन पश्चात वडा कार्यालयमा भएको एककार्यक्रम वीच ३ वटै सरोकारवाला पक्षहरुले हस्ताक्षर गरी विधिवत रुपमा उक्त खानेपानी तथा सरसफाई आयोजनाको स्वामित्व ग्रहणहुने गरी वडा कार्यालयलाई हस्तान्तरण गरियो । आयोजनाको संचालन विधानतः खानेपानी तथा सरसफाई उपभोक्ता समितिवाटै हुनेछ ।

उक्त खानेपानी आयोजनाको लागि ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति(फण्डवोर्ड),काठमाडौले रु४०,११,८४३÷ आर्थिक सहयोग गरेको थियोभने उपभोक्ताहरुले नगद रु ६३,२२३÷ र श्रमदान वापत रु१०,१८,७६६÷गरी आयोजनाको लागत रु ५०,९३,८३३÷ मा मिति २०७५÷१÷९ मा सफलतापूर्वक सम्पन्न भएको थियो ।

लिप्mट सिस्टमको उक्त खानेपानी आयोजनामा घरधुरी १०९ र लाभान्वित जनसंख्या ५२८ रहेको छ । २० औं वर्षदेखि गाउँवाट १ कि.मि. तल रहेको पानीको मुहानवाट पानी वोकेर ल्याउदा घर आईपुग्न आधा घण्टा भन्दा वढि समय लाग्ने र झिसमिसमा गाई पानीको जोहो गर्नुपथ्र्यो भन्नुहुन्छ खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री हुकुम चन्द्र राई ।

रु १७ लाखमा ३ वटा खानेपानीका मूल स्थानीय व्यक्ति नेत्रमान राई संग ८७ घरधुरीवाट रु ११ हजारका दरले रकम संकलन गरी जिल्ला मालपोत कार्यालयमा गई ८७ जना व्यक्तिको नाममा करिव डेढ मिटर लामो पहाडे कागजको धनिपूर्जा लिने काम हँुदा थाहा पाउने व्यक्तिहरु सवै आश्चर्यमा परेका थिए । धेरैले त हामीलाई खानेपानीको लागि खरिद गरेको विश्वकै लामो पूर्जा होला भनी जिस्क्याउने ठट्टा गर्ने मसला पनि भयो त्यो धनिपूर्जा । एकप्रकारले भन्नुपर्दा खानेपानी मूलभएको करिव ५ रोपनी जग्गा पास गर्ने वेलामा कार्यालयमा एकैपटक ८५ जना पुग्दा मेला लागेको अवस्था जस्तै दृश्य देखिन्थ्यो खानेपानी उपभोक्ता समितिका सचिव श्री गंगाराम राई । अहिले मुलमा हजारो उत्तिसका विरुवाहरुको संरक्षण गरी हुर्काएकाले पानीको स्रोत पनि वढ्ेको अवस्था रहेको पाउदा उपभोक्ताहरु दंग छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिदभूमिमा ३७ जना कांग्रेस प्रवेश

Next Post

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

Next Post

२०७८ सालभित्र धनकुटालाई बालश्रममुक्त घोषणा गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..