धनकुटान्युज १ चैत्र ।
नेपाल शिक्षक संघ साँगुरीगढी गाउँपालिाकाको चौथो प्रतिनिधि सभा शिक्षकहरुको पक्षमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको । सो अवसरमा आस्थाको आधारमा शिक्षकहरुलाई विभेद् गरी अन्याय गरेमा प्रतिरोध गर्ने बताएका छन् ।
उक्त सभाको नेपाल शिक्षक संघ १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाले उद्घाटन गरेका थिए । उनले आस्थाको आधारमा शिक्षकहरुलाई विवेद गरे आन्दोलन गर्ने बताए ।
यसैगरी नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु कमोट फागो, मोहन बान्तवा, नेपालधन राई, रमेश इवाहाङ, क्षेत्रीय सभापति जितेन्द्र राई, सागुरीगढीका सभापति यमप्रकाश मगर, शिक्षक संघका जिल्ला अध्यक्ष थिरेन्द्रबहादुर सुब्बालगायतले शिक्षालाई व्यावहारिक र उत्पादनमुलुक बनाउनु पर्नेमा जोड दिए ।
शिक्षक संघ साँगुरीगढी गाउपालिकाका अध्यक्ष कुलप्रसाद दाहालको अध्यक्षतमा सम्पन्न सभामा स्वागत मन्तव्य शिक्षक गीता चेम्जोङले र संचालन शिक्षक उद्धव अधिकारीले गरेका थिए ।
पालिकास्तरीय सो सभाले शिक्षक संघ साँगुरीगढीका अध्यक्ष कुलप्रसाद दाहालले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेका थिए ।