धनकुटा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को प्रदेश नं १ को अध्यक्षमा धनकुटा बोर्डिङ स्कुलका संस्थापक÷ प्रिन्सिपल राजन पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
बाँके जिल्लाको नेपालगञ्जमा फागुन २२ र २३ गते हुने ७ औं राष्ट्रिय महाधिवेशन तथा प्रदेश नं १ को दोस्रो अधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
बिगत १५ वर्षदेखि नेशनल प्याब्सनमा निरन्तर आबद्ध भइ काम गर्दै उनले एक कार्यकाल प्रदेश नं १ को सचिव, धनकुटा जिल्लाको संस्थापक अध्यक्ष सहित २ कार्यकाल जिल्ला अध्यक्ष रहेर कुशलतापुर्वक काम गरिसकेका छन् । सबै शैक्षिक नेताहरूले रूचाएका, सरल स्वभाव, कुशल संगठन शैली र निजी क्षेत्रका अग्रणी ब्यक्ति राजन पौडेललाई जिताउन नेसनल प्याब्सन धनकुटाले सबैलाई अनुरोध समेत गरेको छ ।