• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाकाे शहरदेखि गाउँसम्मको घर-घरमा कांग्रेस

Dhankuta News by Dhankuta News
२०७८, २९ फाल्गुन आईतवार २२:०६
0
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाकाे शहरदेखि गाउँसम्मको घर-घरमा कांग्रेस

धनकुटा । नेकपा एमालेका जनप्रतिनिधिहरुले गरेको व्यापक भ्रष्टाचार र जनविरोधी क्रियाकलापको भण्डारफोर गर्दै धनकुटामा जिल्लाभरि आसन्न स्थानीय तह निर्वाचन जित्नका लागी नेपाली कांग्रेसको घर-घर जाऔ नेपाली कांग्रेसलाई जिताऔ अभियान आइतबारदेखि शुरु गरेको छ ।

धनकुटा कांग्रेसमय बनाउन घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔ अभियान धनकुटामा जिल्लाव्यापी रुपमा  शुरु भएको हो । धनकुटा जिल्लामा निर्वाचन जित्नका लागी आज नेपाली कांग्रेस धनकुटाले घर घर जाऔ नेपाली कांग्रेसलाई जिताऔ अभियानको उद्घाटन केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि रामहरि खतिवडाले उद्घाटन गर्दै अव धनकुटामा सात वटै पालिका जित्ने वताउनु भयो ।

उहाँले धनकुटा जिल्लाभरीका सवै टोल टोलहरुमा गएर कांग्रेसलाई जिताउनका लागी सक्रिय भएर लाग्ने निर्देशन दिदै आफु कांग्रेसलाई जिताउनका लागि नै केन्द्रिय प्रतिनिधि भएर धनकुटा आएको वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जिल्ला सचिव तथा कार्यक्रम शाखा प्रमुख विजय सन्तोषी राईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जिल्लाभरि संचालन गरिने घर घर जाऔ नेपाली कांग्रेसलाई जिताऔ अभियान कार्यक्रमको तालिका प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटा जिल्ला सहसचिव गिरिजा प्रसाद दाहालले व्यक्त गर्दै अव नेपाली कांग्रेसले धनकुटामा सवै पालिका जित्नका लागी संगठन तयार गर्दै गरेको वताउनु भयो ।

घर घर जाऔ नेपाली कांग्रेसलाई जिताऔ अभियान कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला उपसभापती सुनिल कुमार डंगोल, सहसचिव रोशन श्रेष्ठ, महासमिति सदस्य गंगाराम ढुंगाना, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, जिल्ला सदस्यहरु अम्विका परियार, यानिन्द्र तिगेला, प्रिती बान्तवा, इन्दिरा थापा कटुवाल, सरस्वती मगर, मनोज राई, मीनवहादुर कार्की, बासु भण्डारी, रुकमान तामाग, गोकुललाल श्रेष्ठ, नेपाल भूपू सैनिक संघका धनकुटाका अध्यक्ष धनबहादुर खड्का, तरुण दलका कार्यवाहक अध्यक्ष यूवराज पराजुली,  नेपाली कांग्रेस धनकुटा प्रदेशसभा क सभापति जितेन्द्र राई, सचिव सञ्जय राई, कोषाध्यक्ष मुना पोखरेल, धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेठ, उपसभापती अमित लो तामाङ, सहसचिव ज्ञानेन्द्र वस्नेत, वडा सभापतिहरु वडा नं. १ विरवहादुर तामाङ, वडा नं. २ राजकुमार राई, वडा नं. ५ धन कुमार राई, वडा नं. ७ शैलेसमान श्रेष्ठ, उपसभापती कुमार श्रेष्ठ, सविच उक्र्गेन शाक्य, नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोग लगायत सयौ नेताहरुको सहभागीता रहेको थियो ।

यसैगरी धनकुटा नगर सदस्य संगिता चापागाई, साँगुरीगढी वडा नं. १ का सभापति राजु राई, तरुण डिफेन्स फोर्स साँगुरीगढीका अध्यक्ष दिपेन लिम्बु, पाख्रिवास नगरका संयोजक बिमल गुरुङ, गणेश गुरुङ , चौविसेका युवा नेता अर्जुन वराल, नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष सुवास भण्डारी घर-घर जाऔं नेपाली कांग्रेसलाई जिताऔ भन्ने अभियान अन्र्तगत फाल्गुण ३० गते सहिदभूमी गाउँपालिकाको वडा नं. ४ र ५ मा सभा गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी चैत्र १ गतेदेखि ५ गतेसम्म धनकुटा नगरपालिकाका विभिन्न वडाहरुमा, चैत्र ६, ७, ८ र ९ गते पाख्रिवास नगरपालिकाको विभिन्न वडाहरुमा, चैत्र १६, १७ र १८ गते चौविसे गाविसको विभिन्न वडाहरुमा, चैत्र १९ गते साँगुरीगढीको वडा नं. ४ को फाक्सिवमा, चैत्र २०, २१ र  २२  गते छथरजोरपाटीको विभिन्न वडाहरुमा र चैत्र २३, २४, २५ र २६ गते महालक्ष्मी नगरपालिकाको विभिन्न वडाहरुमा कार्यक्रमहरु आयोजना गरिने र चैत्र २९ गते धनकुटामा समापन गरिने नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव तथा कार्यक्रम शाखा प्रमुख विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा जिल्लामा आजदेखि ६० वटै वडाहरुमा र ७ वटै पालिकाहरुमा व्यापक रुपमा घर-घर जाऔं नेपाली कांग्रेसलाई जिताऔं अभियान संचालन गरी कांग्रेसको जिल्लाभरि जनलहर ल्याएर धनकुटा जिल्ला कांग्रेसमय बनाएर निर्वाचन जिताउने जिल्ला सभापती दिनेश राईले वताउँनु भयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेकपा एमालेका सयौं नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश

Next Post

घरमै सेवा पाउँदा सिँधुवा र पाख्रिवासका ब्यापारीहरु दंग

Next Post
घरमै सेवा पाउँदा सिँधुवा र पाख्रिवासका ब्यापारीहरु दंग

घरमै सेवा पाउँदा सिँधुवा र पाख्रिवासका ब्यापारीहरु दंग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..