धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ सहिद भीमनारायण चोकमा नेपाली कांग्रेसले सिरान बजार टोल समिति निरज श्रेष्ठको सभापतित्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपसभापतिमा रोशन श्रेष्ठ, सचिवमा सुरज श्रेष्ठ, सहसचिवमा अनल श्रेष्ठ र कोषाध्यक्षमा बिसिका श्रेष्ठलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा दिपेश श्रेष्ठ, किरण भगत श्रेष्ठ, सपना श्रेष्ठ, लुना श्रेष्ठ, विश्वनाथ पौडेल, ज्ञानबहादुर थापा लगायत १५ सदस्यीय समिति रहेको छ ।
टोल भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले नेपाली कांग्रेसले अब गरिविको अन्त्य गरि मुलुकलाई समृद्धी बनाउने भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
त्यस्तै पूर्वकेन्द्रिय आमन्त्रित सदस्य तथा संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठले अब कांग्रेसको नेतृत्वमा आर्थिक क्रान्ति हुने बताउँनुभयो ।
जिल्ला सचिव तथा नगर संयोजक विजयसन्तोषी राईले नेपालको आर्थिक समृद्धीको मुख्य आधार एमसिसि बन्ने बताउँनुभयो ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं ६ का सभापति रुपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा महासमिति सदस्य सुमना तिम्सिना, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, धनकुटा प्रदेश सभा-क कार्यसमिति उपसभापती मिलन खड्गी, धनकुटा नगर सभापति नरेश श्रेष्ठ, नगर सदस्य संगिता चापागाईँ, संजय शाही, नेपाल प्रेस युनियन धनकुटा अध्यक्ष हिमा चेम्जोङ, पूर्ववडा सभापति विरेन्द्रलाल श्रेष्ठ, पूर्वजनप्रतिनिधिहरु गिता श्रेष्ठ, लक्ष्मण खड्का, वडासदस्य रोजी खड्की लगायतले कांग्रेसलाई बिजयी गराउन सवै एकजुट भएर लाग्ने बताउँनुभयो ।
नेपाली कांग्रेसले धनकुटा नगरपालिका वडा नं ६ मा हरेक निर्वाचनमा विपक्षी पार्टीहरुलाई दोब्वर मतले सधै पराजित गर्दै आएकाले यस पटक पनि दोब्वर मतले जित्ने र कांग्रेस किल्ला कायम राख्ने नगरसभापति नरेश श्रेष्ठले बताउँनुभयो ।