• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कांग्रेसका नेताहरु भन्छन्- ‘वैशाख २९ सम्म अमेरिका सेना नेपाल कब्जा गर्न आए कांग्रेसलाई भोट नदिनु’

Dhankuta News by Dhankuta News
२०७८, ३० फाल्गुन सोमबार २१:५९
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter
कांग्रेसका नेताहरु भन्छन्- ‘वैशाख २९ सम्म अमेरिका सेना नेपाल कब्जा गर्न आए कांग्रेसलाई भोट नदिनु’

धनकुटा l धनकुटा नगरपालिका वडा नं ९ बेलहराको डुम्रोसान्नेमा सोमबार आयोजित नेपाली कांग्रेसको ऐतिहासिक वृहत कार्यक्रमलाई सम्बोधन गर्ने नेताहरुले आगामि वैशाख २९ गतेसम्म अमेरिका सेना नेपाल कब्जा गर्न आए नेपाली कांग्रेसलाई भोट नदिन बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले वर्तमान नेपाली कांग्रेस सरकारले फुसको छाना हटाएर टिनको छाना लगाउने कार्यक्रम अन्तर्गत धनकुटाका ६ हजार तीन सय घर परिवारलाई टिनको छाना लगाउन नगद रुपैया दिने वताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले एमसिसि सम्झौता नेपालीको विकास र समृद्धिको पक्षमा रहेको बताउनुभयो । यदि बैशाख २९ गतेसम्म अमेरिकी सेना नेपालमा आए बैसाख ३० गते हुने निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिन समेत सचिव राईले बताउँनुभयो ।

कम्यूनिष्टहरुले आरोप लगाए जस्तो एमसिसि पास भएकाले अमेरिकी सेना आएर नेपालमा हस्तक्षेप हुने कम्यूनिष्टहरुले भ्रम मात्र छरेको उहाँले बताउँनुभयो । उहाँले अमेरिकी सेना नेपाल आएन भने कांग्रेसलाई मत दिई बिजयी गराउन आग्रह गर्नुभयो ।
क्षेत्रीय उपसभापती मिलन खड्गीले आगामी निर्वाचन नेपाली कांग्रेसले जित्ने त्यसका लागी सबै नेता तथा कार्यकर्ताहरु परिचालित भएको बताउनुभयो भने नेपाली कांग्रेस धनकुटा नगरका सभापती नरेश श्रेष्ठले एमसिसि पास भएकाले अब पाँच बर्षमा नेपाल समृद्ध हुने बताउनुभयो ।

धनकुटा नगरपालिका वडा नं १० का उपसभापति देवेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका वडासभापती सुवास विक्रम भट्टराई, नेपाली कांग्रेसका स्थानीय नेताहरु नगेन्द्र पाण्डे, विष्णुकुमारी तामाङ, अमरराज खनाल, भूपलाल तामाङ, रघिविर सुवेदी, चौधरी टोल वस्ती समितिका सभापति बिन्द्र कार्की, धर्मशाला टोल समितिका सभापती महेन्द्र तामाङ, विजयखर्क टोल समितिका सभापती टेकबहादुर राना, मन्धरा टोल समितिका सभापति भरत पराजुली, वडा सचिव सुरेश श्रेष्ठ लगायतले धनकुटा नगरपालिकाका वडा नं १० मा नेपाली कांग्रेसको पक्षमा जनलहर बढ्दै गएकाले यस पटक कांग्रेस निर्वाचन जित्ने बताउँनुभयो ।
उक्त भेलाले योगेन्द्र दाहालको सभापतित्वमा १५ सदस्यीय डुम्रे सान्ने नेपाली कांग्रेस टोल समिति गठन गरेको छ । जसको उपसभापतिमा उर्मिला अधिकारी, सचिव कृष्णबहादुर अधिकारी र सदस्यहरुमा विष्णु पौडेल, लक्ष्मी राई, गोपाल अधिकारी, सुवास तामाङ वकिल दाहाल लगायत १५ सदस्यीय रहनुभएको छ ।

यसैगरी नेपाल तरुण दल टोल समिति पनि गजेन्द्र राई अध्यक्ष, रेनुका थापा उपाध्यक्ष, कृष्ण पौडेल सचिव, दुर्गा बहादुर दाहाल सहसचिव र सदस्यहरुमा प्रकाश अधिकारी, डगेन्द्र पौडेल, अमर श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, योगेन्द्र वहादुर दाहाल, रञ्जना राई, बिनोद घिमिरे, प्रदिप राई, सन्तोष अधिकारी, गोपाल अधिकारी, टिकाप्रसाद सुवेदी र टुवराज जिवी रहनुभएको पार्टी सचिव सुरेश श्रेष्ठले बताउँनुभयो ।
धनकुटाको बेलहारामा दुई महिनाको अवधिमा ३ सय ४२ जना विभिन्न पार्टीहरु परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरिसकेको र संगठन पनि टोल(टोलसम्म गठन गरि परिचालित गरिएकोले नेपाली कांग्रेसले यस पटक निर्वाचन जित्ने पक्का भएको जिल्ला सचिव तथा नगर संयोजक विजयसन्तोषी राई दावी गर्नुहुन्छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिद भीमनारायण चोक धनकुटामा कांग्रेसको टोल समिति गठन

Next Post

धनकुटा नगरपालिका वडा नं‍. ७ मा कांग्रेसको जनलर

Next Post
धनकुटा नगरपालिका वडा नं‍. ७ मा कांग्रेसको जनलर

धनकुटा नगरपालिका वडा नं‍. ७ मा कांग्रेसको जनलर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..