धनकुटा । धनकुटा नगरपालिका वडा नं ९ गुठीटारस्थित एक घरमा मृत अवस्थामा एक पुरुष शव फेला परेक छन् । स्थानीय महेन्द्र राईको खाली घरमा केहिदिन अघि बसी मागी खादै बस्ने तेह्रथुम घर बताउने अन्दाजी ६० बर्षका टंक ओझाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खाली घरमा मानिस मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटनास्थलमा प्रहरी गएर शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको धनकुटाका प्रहरी प्रवक्त्ता डिएपी सुरज कार्कीले जानकारी दिनुभयो ।
मृतक गहुगोरो वर्णको सेतो भेष्ट कालो कटु लगाएको, कपाल र दाह्रीजुङा फुलेको र बाया हातमा घडी बाधेको रहेको कार्कीले बताउँनुभयाे । मृतकले केही दिन अघि मागी खाने क्रममा तेह्रथुम घर र नाम टंक ओझा बताउने गरेको खुल्न आएको आएको भएपनि वास्तविक ठेगाना एकिन नभएको प्रहरी जनाएको छ।
मृतकको शव पोष्टमार्टमको लागि धनकुटा सदरमुकामस्थित जिल्ला अस्पताल धनकुटाको शब गृहमा राखिएको छ । मृतकको शव बिहीबार बेलुका ९ बजे फेला परेको प्रहरीले जनाएकाे छ ।