धनकुटा । धनकुटा नगरपालिका वडा नं ४ मा स्थानीय तह जित्ने रणनिति बनाउदै सोमवार वडा भेला सम्पन्न भयो । उक्त वडा भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले धनकुटा नगरपालिका वडा नं। ४ मा नेपाली कांग्रेसको जनलहरु बढ्दै गएकोले निर्वाचन जित्ने दावी गर्नु भयो । उहाँले वडा नं ४ मा अहिले सम्म २ सय १४ जना विभिन्न पार्टीहरु परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेशसंगै जनलहर पनि आएकोले कांग्रेसको जित सुनिश्चित भएको वताउँनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका सदस्यहरु गोकुललाल श्रेष्ठ, अर्जुन केसी, नेपाल भूपूसैनिक पिरवार धनकुटाका अध्यक्ष धनबहादुर खड्का, लेखा समितिका सदस्य महेश श्रेष्ठ लगायतले स्थानीयको निर्वाचनमा वडा नं ४ मा लगातार एमालले जित्दै आएता पनि अहिले सम्म धनकुटा वडा नं ४ मा कुनै देखिने र नुमना योग्य विकास नगरेकोले अव वडा नं ४ परिवर्तनको पक्षमा रहेकोले कांग्रेसलाई जिताउने वताउनु भयो ।
नेपाली कांग्रेस वडा नं ४ का कार्यवहाक सभापति गोविन्द्र प्रसाद मैनालीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव थिरबहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रममा रणमाया श्रेष्ठ, रमा पाख्रिन, दुर्गा विक, सुरज तिम्सिना, मातृका राई, गोविन्द्र राई, गोविन्द्र श्रेष्ठ, टेकबहादुर तामाङ, किसन श्रेष्ठ लगायतले कांग्रेसलाई जिताउन क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
धनकुटा नगरपालिका वडा नं ४ मा गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस झिनो मतान्तरले मात्र पराजित भएकोमा अहिले टोलटोलसम्म संगठन विस्तार भई समिति समेत निर्माण समेत भई क्रियाशील भएको र अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेशको समेत जनलहरु आएकाले र भेलाले बिभिन्न रणनिति समेत बनाएकोले यस पटक कांग्रेसले जित्ने निश्चित भएको छ । घरघर जाऔ नेपाली कांग्रेसलाई जिताऔ अभियान अन्तर्गत धनकुटा नगरपालिका वडा नं ४ अमलेटारमा कार्यक्रम आयोजना भएको हो ।