• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाका सातै स्थानीय तहमा एमाले बाहेकका दलहरुको संयुक्त गठवन्धन हुने

Dhankuta News by Dhankuta News
२०७८, १४ चैत्र सोमबार २२:३६
0
0
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाका सातै स्थानीय तहमा एमाले बाहेकका दलहरुको संयुक्त गठवन्धन हुने

धनकुटा । जिल्लाको सातै स्थानीय तहहरुमा सत्ता गठबन्धन दलहरुका पालिका स्तरको बैठकहरुले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी जाने निर्णय गरेका छन् ।

धनकुटा जिल्लाका सात वटै पालिकामा सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समावजवादी पार्टीको पालिकास्तरमा सम्पन्न छुट्टाछुट्टै बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी निर्वाचन जित्ने गरी साझा उम्मेदवारीहरु दिने निर्णयहरु गरेका हुन् ।

धनकुटामा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्दै नेपाली कांग्रेस धनकुटाको पदाधिकारीहरुको बैठकले स्थानीय तहको आवश्यक्ता अनुसार वडा र स्थानीय तहमा गठबन्धन गर्नका लागि स्थानीयस्तरमानै गर्न निर्देशन दिएपछि नेपाली कांग्रेसले समन्वयमा पालिकास्तरमा धमाधम गठबन्धन दलहरुको पटक-पटक बैठकहरु बस्दै गठबन्धन गरी निर्वाचनमा जाने सहमति भएको नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले बताउँनुभयो ।

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा सत्तारुढ दलहरु नेपाली कांग्रेस साँगुरीगढीका सभापति नेपालधन राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष जगत राई, जनता समाजवादी पार्टीका अध्यक्ष लिलाराज लावती र नेकपा एकिृकतका अध्यक्ष रमेश राईको सहभागिता साँगुरीगढी गाउँपालिकास्तरीय संयुक्त बैठकले गठबन्धन गरी पालिकाको निर्वाचनमा जाने निर्णय गदै वडास्तरसम्म गठबन्धनको वारेमा छलफल गर्ने र आ-आफ्नो पार्टीको मत सर्वेक्षण गर्ने समेत सहमतl भएको छ ।

यसैगरी धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकामा पनि नेपाली कांग्रेस छथरजोरपाटीका सभापति छत्रबहादुर सुब्बा, नेकपा माओवादी केन्द्रका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र राई र जनता समाजवादी पार्टीका छथरजोरपाटीका इञ्चार्ज इन्दिरा केसी ले बैठक गरी छथरजोरपाटीमा पनि गठबन्धन गरी निर्वाचन जित्ने निर्णय गर्दै विज्ञप्ती समेत प्रकाशित गरेको नेपाली कांग्रेस छथरजोरपाटीका सचिव पदम भट्टराईले वताउनु भयो । यसका लागि गाउँ-गाउँमा अभियान सञ्चालन गर्ने  निर्णय समेत भएका छन् ।

पाख्रिवास नगरपालिकामा समेत नगर स्तरीय गठबन्धन दलहरु नेपाली कांग्रेसका सभापति प्रेम भण्डारी, सचिव सन्तोष मानन्धर, नेकपा माओवाी केन्द्रका अध्यक्ष ओम प्रकाश निरौला, उपाध्यक्ष योगेन्द्र कार्की, सविच बलराम खड्का, नेकपा एकिकृत समाजवादीका अध्यक्ष सोभित निरौला, जनता समाजवादी पार्टीका अध्यक्ष जितेन्द्र माङपाङको सहभागितामा गठबन्धनको बैठक गरी पाख्रिवासमा पनि गठबन्धन गरी निर्वाचन जित्ने निर्णय गरेका छन् ।

यसैगरी धनकुटा नगरपालिकामा समेत नेपाली कांग्रेस धनकुटाका नगर संयोजक तथा जिल्ला सचिव विजय सन्तोषी राई, नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ, नेकपा माओवादी केन्द्रका नगर संयोजक गणेश विष्ट, नगर अध्यक्ष हेमचन्द्र किराती, उपाध्यक्ष सुरेन्द्र आठपहरीया, सचिव खगेन्द्र विष्ट, जनता समाजवादी पार्टी धनकुटाका कोषाध्यक्ष सरोज आठपहरिया, जिल्ला अध्यक्ष दिल कुमार राई, नेकपा एकिकृत समाजवादीका नगर इञ्चार्ज सोमबहादुर राई, नगर अध्यक्ष सुजनभाई जोशीको सहभागितामा गठबन्धनको बैठकले गठबन्धन गरी धनकुटा नगरमा अत्याधिक मतले निर्वाचन जित्ने निर्णय गरेको छ । धनकुटा नगरका सवै वडाहरुमा गठबन्धनको वडा स्तरीय बैठक गरी अभियान संचालन गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी महालक्ष्मी नगरपालिकामा समेत नेपाली कांग्रेस वार्ता टोलीका संयोजक तथा क्षेत्रीय सभापति राजन पौडेल, सदस्यहरु तिलक महत, परिर्वतनराज पौडेल, नेकपा माओवाी केन्दका नगर अध्यक्ष प्रेम खड्का, उपाध्यक्ष भरत कुँवर, सचिव पदम रखाल, जसपाको तर्फबाट ईञ्चार्ज मणीराज लुङ्गेली मगर, नगर अध्यक्ष नरेन तुम्बा, सचिव सोभित भण्डारी, नेकपा एकिकृत समाजवादी पार्टीका नगर ईञ्चार्ज जेवी घले मगर, अध्यक्ष लालबहादुर महतराको सहभागितामा गठबन्धनको बैठकले महालक्ष्मी नगरपालिकामा समेत गठबन्धन गरि निर्वाचनमा जाने र विजयी प्राप्त गर्ने निर्णय गरेका छन् । निर्वाचनमा गठबन्धन गरी उम्मेद्वारी दिनका लागि गठबन्धन दलहरुका मत सर्वेक्षण गरी वडास्तरसम्म छलफल गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजन पौडेलले बताउँनुभयो ।

यसैगरी धनकुटाको सहिदभूमि गाउँपालिकामा समेत गठबन्धनका दलहरुका पालिका अध्यक्षहरु र नेताहरुको अनौपचारिक छलफल भइरहेको र गठबन्धन गरी निर्वाचनमा जोन सहमति भएको र चाँडै गठबन्धनको संयुक्त बैठक गरी निर्णय गर्ने भएका छन् ।

धनकुटाको चौविसे गाउँपालिकामा पनि नेपाली कांग्रेस चौविसे गाउँपालिकाका सभापति बिजु राई, महाधिवेशन प्रतिनिधि हर्कमान चेम्जोङ, नेकपा माओवादी केन्द्र पालिका ईञ्चार्ज आधुनिक देवान, पालिका सह-ईञ्चार्ज मोमिन्द्र तुम्सा, अध्यक्ष इन्द्र खत्री, जनता समाजवादी पार्टीका ईञ्चार्ज जीवन चावा, अध्यक्ष दिवा चेम्जोङ, सचिव सागर संगम चेम्जोङ, नेकपा एकिकृतका डगेन्द्र थापा, बुद्ध याक्खा, लोकेन्द्र मगर, संघिय लिम्बुवान मञ्चका अध्यक्ष कविर लिम्बु, आईत सोदेन, आशिष चेम्जोङ सहभागिताको बैठकले  गठबन्धन गरी निर्वाचनमा जाने र निर्वाचन जित्ने निर्णय समेत गरेको छ ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुसँग गर्ने र कुन-कुन पद कसरी बाँडफाँड गरी निर्वाचनमा साझा उम्मेदवारी दिने सम्वन्धमा स्थानीयस्तरमानै छलफल गर्ने र सहमति गर्नका लागी अधिकार दिइएको नेपाली कांग्रेस जिल्ला सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले बताउँनुभयो ।

यसैगरी सातै पालिकामा प्रमुख र उप-प्रमुखमा समेत गठबन्धन गरी उम्मेदवार दिन पालिकास्तरमानै सत्ता गठबन्धन दलहरुसँग छलफल गरी बाडँफाँड गर्नका लागि नेपाली कांग्रेस धनकुटा जिल्लाबाट खटाइएका पालिका संयोजकहरुले पालिका समितिका सभापति तथा पालिका समितिसँग समन्वय गरी उनीहरुकै सहभागीतामा गठबन्धन दलहरुको संयुक्त बैठक गरी निर्णय गरी सिफारिस गर्न नेपाली कांग्रेस धनकुटाका प्रवक्ता खगेन्द्र घिमिरेले बताउनुभयो ।

धनकुटा जिल्लाको सात वटै पालिकामा छुट्टाछुट्टै पालिकास्तरमा गठबन्धनको संयुक्त बैठकले  गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा सहभागी निर्णय संगै एमालेको हार निश्चित भएपछि एमाले हारको हतास मानसिकतामा अत्तालिएको र गठबन्धनको पक्षमा जिल्लाभरि जनलहर उर्लिएकोले नयाँ उत्साह जागृत भएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संघीय निजामती सेवा ऐन जारी गर्न युनियनको ज्ञापन पत्र

Next Post

कांग्रेसको वृहत सभालाई सम्वाेधन गर्न गृहमन्त्री बालकृष्ण खाण चैत्र १९ गते धनकुटा आउँदै

Next Post
कांग्रेसको वृहत सभालाई सम्वाेधन गर्न गृहमन्त्री बालकृष्ण खाण चैत्र १९ गते धनकुटा आउँदै

कांग्रेसको वृहत सभालाई सम्वाेधन गर्न गृहमन्त्री बालकृष्ण खाण चैत्र १९ गते धनकुटा आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..