धनकुटा । नेपाली कांग्रेसका वरिष्ठ केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण नेपाली कांग्रेस धनकुटाद्वाराआयोजित वृहत सभालाई सम्बोधन गर्न धनकुटा आउनुहुने नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
आगामी चैत्र १९ गते शनिवारका दिन नेपाली कांग्रेस धनकुटाले त्रिवेणी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने वृहत सभालाई गृहमन्त्री बालकृष्ण खाणले सम्बोधन गर्नु हुने जिल्ला सभापति दिनेश राईले वताउँनुभयो ।
नेपाली कांग्रेस धनकुटका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले वरिष्ठ केन्द्रिय सदस्य तथा गृह मन्त्री बाल कृष्ण खाडले सम्बोधन गर्ने कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन जिल्ला पार्टी सचिव विजय सन्तोषी राईको संयोजकमा कार्यक्रम तयारी समिति कार्यक्रम समन्वय समिति, पार्टी प्रवक्ता खगेन्द्र घिमिरेको संयोजकमा प्रचार-प्रचार समिति, धनकुटा नगर सभापति नरेश श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र नेपाल तरुण दल धनकुटका कार्यवाहक अध्यक्ष युवराज पराजुलीका संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठन गरेको सचिव जयन्द्र घिसिङले वताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृह मन्त्री बालकृष्ण खाणले सम्वाेधन गर्नुहुने कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सम्पूर्ण शक्ति परिचालित गर्ने र पालिका समितिहरु र वडा समितिहरुलाई सक्रिय भई सहभागि हुन परिपत्र गरिएको कार्यक्रम संयोजक तथा जिल्ला सचिव विजय सन्तोषी राईले वताउनुभयो ।