• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा एमाले वाहेकका दलहरुको गठबन्धन गर्न जिल्लास्तरीय कार्य दल बन्यो

सत्तारुढ दलका केन्द्रिय तथा जिल्ला नेताहरुको भेलाको निर्णय: धनकुटामा गठबन्धन अनिवार्य

Dhankuta News by Dhankuta News
२०७८, १७ चैत्र बिहीबार २३:११
0
0
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा एमाले वाहेकका दलहरुको गठबन्धन गर्न जिल्लास्तरीय कार्य दल बन्यो

धनकुटा । आसन्न स्थानीय तहको निर्वाचनमा धनकुटामा नेकपा एमाले वाहेकका दलहरुको गठबन्धन अनिवार्य भएको विहिवार  आयोजित सत्ता पक्षिय केन्द्रिय नेताहरु र जिल्ला तथा पालिकास्तरका नेताहरुको संयुक्त भेलामा नेताहरुले बताउँनु भएको छ ।

उक्त भेलाले एमाले वाहेकका सम्पूर्ण दलहरु गठबन्धन गर्नका लागि जिल्ला स्तरीय कार्यदल समेत गठन गरेको छ ।

नेकपा एमालेको ज्यादती र अनियमिताको विरुद्धमा धनकुटामा एमाले वाहेकका दलहरुको गठबन्धन अनिवार्य भएको धनकुटा जिल्लाबाट केन्द्रिय स्तरमा प्रतिनिधित्व गर्नु हुने सत्ता रुढ दलका नेताहरु र जिल्ला तथा पालिकाका नेताहरुले वताउनु भएको हो ।

उक्त भेलाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नका लागी एमाले वाहेका दलहरु विच छलफल र बार्ता गरी खाका तयार गर्नका लागी नेपाली कांग्रेस धनकुटका जिल्ला सभापति दिनेश राई, नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक डिल्लीराम राई, नेकपा एकिकृत समााजवादी धनकुटका जिल्ला अध्यक्ष अर्जुन राई, जनता समाजवादी पार्टीका अध्यक्ष बलवहादुर राई रहनु भएको जिल्ला स्तरीय कार्य दल गठन गरेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनुभयो ।

उक्त जिल्ला स्तरीय कार्यदलले आवश्यकता अनुसार अन्य समितिहरु पनि बनाउने समेत निर्णय गरेको छ । उक्त भेलामा जनता समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङले धनकुटामा नेकपा एमालेको ज्यादतीको विरुद्ध गठबन्धन अनिवार्य भएको बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटामा सत्ता गठबन्धन दलहरुले कसैले पनि एमाललेसँग गठबन्धन गर्न नसक्ने सत्ता गठबन्धन दलहरुविचनै अनिवार्य गठबन्धन हुने वताउनु भयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारीले गठबन्धन दलहरुले यस पटक धनकुटामा सार्थक परिणाम निकाल्ने त्यसका लागि वडा‍-वडासम्म गठबन्धन दलहरुबीच सहमति र सहकार्य हुने वताउँनुभयो ।

नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य धर्मराज पौडेलले गठबन्धन सवै दलहरुको सहअस्तित्वको आधारमा हुने वताउनु भयो ।

सत्ता गठबन्धनको उक्त भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धनमाया विक खनाल, प्रदेश कमिटिका सहसचिव ऋषिराम ढुंगाना, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राजकुमार राई, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य बंगलादेवी राई, नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, मदन घिमिरे,नेकपा माओवादी केन्द्र धनकुटका जिल्ला संयोजक डिल्लीराम राई, नेकपा एकिकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राई, सचिव खगेन्द्र सुवेदी, जनता समाजवादी पाटी धनकुटाका अध्यक्ष बलबहादुर राई, सचिव श्रीराम रायमाझी लगायतले धनकुटा जिल्लामा एमाले वाहेकका दलहरुको गठबन्धन बलियो भएको वताउनुभयो ।

यसैगरी आजै सत्ता गठबन्धन दलहरुको नगर स्तरीय गठबन्धन दलहरुको संयुक्त भेला समेत समेत केन्द्रिय तथा जिल्ला स्तरीय गठबन्धन दलहरुको नेताहरुको उपस्थितिमा सम्पन्न भयो । उक्त भेलामा नेपाली कांग्रेस धनकुटा नगर कार्य समतिकिा सभापति नरेश श्रेष्ठ, नेकपा माओवादी केन्द्र धनकुटका नगर अध्यक्ष हेमचन्द्र किराती, जसपा धनकुटा नगरका अध्यक्ष दिलकुमार राई, नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारी, नेकपा माओवादी केन्द्र पाख्रिवास नगर कमिटीका अध्यक्ष ओम प्रकाश निरौला, जनता समाजवादी पार्टी पाख्रिवास नगरका अध्यक्ष जितेन्द्र राई, नेपाली कांग्रेस महालक्ष्मी नगर कार्यसमितिका सभापति ध्रुवराज राय, नेकपा माओवादी केन्द्र महालक्ष्मी नगर कमिटिका अध्यक्ष प्रेम खड्का, जनता समाजवादी पार्टी महालक्ष्मी नगर कार्य समितिका अध्यक्ष नरेन्द्र तुम्वाले आ-आफ्नो नगरपालिकाको पार्टीका अवस्था गठबन्धन सम्वन्धमा विचार राख्दै गठबन्धन आवाश्यक रहेकोले गठबन्धन गरी निर्वाचनमा जाने र निर्वाचन जित्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेलामा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य अजित नारायण सिंह थापा, प्रदेश सभा क्षेत्रिय कार्य समितिका ख का सभापति राजन पौडेल, धनकुटा नगर कार्यसमितिका उपसभापति अमित लो तामाङ, नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरु कृष्ण कटुवाल, दुर्गा कुँवर, मुक्ति बजगाई, बलराम खड्का, पदम रखाल, आरपी बस्तोला, नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सचिव सन्तोष मानन्धर, जनता समाजवादी पार्टी धनकुटाका सनिका आठपहरिया, जसपा पाख्रिवासका सचिव शान्त मगर लगायत महालक्ष्मी नगर कार्य समिति कांग्रेसका सचिव कृष्ण केसीले पनि गठवन्धन गरी निर्वाचनमा जानु पर्ने एक मात्र विकल्प रहेको वताउँनुभयो ।

सत्ता गठबन्धन दलहरुको धनकुटामा भएको भेलाका अधिकांश सहभागीहरुले नेकपा एमाले वाहेकका सम्पूर्ण दलहरु गठबन्धन गरी निर्वाचनमा जानु पर्ने एकमात्र विकल्प रहेकोमा जोड दिनुभएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

घर-घर जाउँ नेपाली कांग्रेसलाई जिताऔ अभियान अन्तर्गत छथरजोरपाटी र महालक्ष्मी नगरपालिकामा कार्यक्रम हुँदै

Next Post

स्थापना दिवसको अवसरमा सञ्चारकर्मीद्वारा कल्याणकारी कोषमा आर्थिक सहयोग

Next Post
स्थापना दिवसको अवसरमा सञ्चारकर्मीद्वारा कल्याणकारी कोषमा आर्थिक सहयोग

स्थापना दिवसको अवसरमा सञ्चारकर्मीद्वारा कल्याणकारी कोषमा आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..