• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आँखा बा अर्थात् डा‍‌. रामप्रसाद पोखरेल गृहजिल्लामा अभिनन्दित

Dhankuta News by Dhankuta News
२०७८, १८ चैत्र शुक्रबार ००:११
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
आँखा बा अर्थात् डा‍‌. रामप्रसाद पोखरेल गृहजिल्लामा अभिनन्दित

ईश्वर थापा

धनकुटा । ‘आँखा बा’ को रुपमा परिचित प्राध्यापक डाक्टर रामप्रसाद पोख्रेल गृहजिल्ला धनकुटामा अभिनन्दित हुनुभएको छ । नेपाल नेत्र ज्योती संघ धनकुटाको १२ औ साधारण सभाको अवसरमा पोख्रेललाई अभिनन्दन गरेको हो।

धनकुटामा जन्मिनुभएका आँखा अस्पताल निमार्णका लागि आवश्यक जग्गा सहित अन्य महत्वपूर्ण काममा योगदान पु¥याएको भन्दै नेत्र ज्योती संघले धनकुटाले उहाँलाई सम्मान गरेको हो। उहाँकै नाममा धनकुटामा आँखा अस्पताल सञ्चालनमा रहेको छ।

धनकुटामा सञ्चालित आँखा अस्पतालले धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुमका नागरिकलाई सहज रुपमा सेवा दिइरहेको छ। पोख्रेल सहित नेपाल नेत्र ज्योति संघका पूर्वअध्यक्ष डा. तीर्थप्रसाद मिश्रलाई सम्मान गरिएको छ। मिश्रले धनकुटामा आँखा अस्पताल स्थापनाका लागि योगदान गर्नुभएकाे छ ।

सम्मानपछि डा. पोख्रेलले संसार उज्यालो बनाउन सुखसयल छोडेर आएको बताउनुभयो । उहाँले उनले नेपालबाट ट्रकोमा रोग अन्त्य भएको बताउँदै अब आँखाको उपचारको युवा सक्रिय हुन आवश्यक रहेको बताउँनु भयो ।

सम्मान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा पूर्वमन्त्री सुनिल बहादुर थापाले धनकुटाको विकासका लागि सबै राजनितिक दल एक हुनुपर्ने बताउँनु भयाे । उहाँले धनकुटा विभिन्न व्यक्तित्वहरुको जन्मस्थल रहेको त्यसको यसको गरिमा जोगाउन सबैले पहल गर्नुपर्ने बताउनुभयाे ।  कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधान सदस्य हेमराज भण्डारीले धनकुटाको विकासका लागि सबैले पहल गर्नुपर्ने बताउनु भयाे ।

को हुनुहुन्छ आँखा बा अर्थात डा. पोख्रेल

देशकै लागि बाँच्छु र आफ्नो जीवन देशकै सेवामा समर्पित गर्छु भन्दै सेवामा लाग्नुभएका डा. रामप्रसाद पोख्रेलको जन्म वि.स. १९९४ बैशाख २२ गते धनकुटा जिल्लाको कचिडेमा भएको हो। नेपालमा आँखा उपचारका प्रणेता रहेका ‘आँखा बा’ को नामले चिनिनुभएका पोख्रेल पिता कविराज नरपति पोख्रेल र आमा योगमाया पोख्रेलको जेष्ठ सुपुत्रका रुपमा जन्मिनुभएको थियो । बुबाबाट संस्कृतको प्रारम्भिक शिक्षा लिनुभएका डा. पोख्रेलले धनकुटाको गोकुण्डेश्वर बालमन्दिर हाइस्कुलबाट प्रवेशिका परीक्षा उत्तिर्ण गर्नुभएको थियो । उच्च शिक्षा अध्ययनका लागि वि.स. २०११ मा भारतबाट प्रमाणपत्र तह वि.स. २०१६ मा लखनौँबाट एमबिबिएस तह उत्तीर्ण गरेपछि थप अध्ययनका लागि बेलायत जानुभएको थियो ।  वि.स. २०२० मा डिएलओ र २०२४ मा डियोको उपाधि वि.स. २०२७ मा एफआसिएसको उपाधि बेलायतबाट प्राप्त गर्नुभयो । त्यसपछि बेलायतमा पाउनु भएको विभिन्न अवसरलाई त्यागेर स्वदेश फर्कनु भइ हाल काठमाण्डौको बबरमहलमा स्थायी बसोबास गर्दै आइरहनु भएको छ ।

 नेपाल फर्केपछि वि.स. २०२९ मा पहिलो पटक दोलखामा आँखा शिविरमा सहभागि भइ करिब ५ सय जनाको निशुल्क उपचार गर्नुभएको थियो । नेपालमा अन्धोपन हटाउन सरकार मुख ताक्न नहुने निश्कर्षमा पुग्नुभएको थियो । नेपालको पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पतालका संस्थापक डा. पाख्रेलले वि.स. २०३० वैशाख १ गतेबाट अस्पतालको सेवा सुरु गरेका गर्नुभएको हो । नेपालमा आँखा सम्बन्धि दक्ष जनशक्तिको उत्पादन गर्न उहाँले विभिन्न कार्यक्रम गर्नुभएको थियो ।
डा. पोख्रेलले वि.स. २०२८ मा नेपालको पहिलो आँखा विज्ञको रुपमा ‘महेन्द्र विद्या भुषण’ प्राप्त गर्नुभयो ।  त्यसैगरि उहाँलाई वि.स. २०२९ मा नेपालमा दुर्गम क्षेत्रमा आँखा उपचारमा पुर्याएको योगदानको लागि ‘गोरखा दक्षिण बाहु चौथो’, वि.स. २०४० मा नेपालमा मोतिया विन्दु उपचारका लागि ‘गोरखा दक्षिण बाहु तेस्रो’, वि.स. २०४६ मा नेपालमा आँखा सम्बन्धि जनशक्ति तयार पार्न योगदान पुर्याए बापत ‘त्रिशक्तिपट्ट तेस्रो’ बाट विभुषित हुनुभएको थियो ।  डा. पोख्रेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक समेत पाउनु भएको छ ।

देशका विभिन्न २० ठाउँमा आँखा अस्पताल सञ्चालनका लागि योगदान पुर्याउनु भएको पोख्रेल धनकुटा जिल्ला अस्पतालको पहिलो नेपाली डाक्टर समेत हुनुहुन्छ । वि.स. २०४३ सालबाट आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनुभएका डा. पोख्रेलको अभियानमा नेपाल नेत्र ज्योति संघ धनकुटाले वि.स. २०५३ सालमा धनकुटामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो। वि.स. २०७० साल मंसिर २९ गते डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल सञ्चालनमा आएको थियो। उहाँले सो अस्पताललाई ८ रोपनी प्रदान गर्नुभएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

स्थापना दिवसको अवसरमा सञ्चारकर्मीद्वारा कल्याणकारी कोषमा आर्थिक सहयोग

Next Post

जुनसुकै पार्टीका नेता कार्यकर्तालाई आक्रमण र धम्क्याउनेलाई तत्काल कार्वाही गर्ने गृहमन्त्री खाँणको चेतावनी

Next Post
जुनसुकै पार्टीका नेता कार्यकर्तालाई आक्रमण र धम्क्याउनेलाई तत्काल कार्वाही गर्ने गृहमन्त्री खाँणको चेतावनी

जुनसुकै पार्टीका नेता कार्यकर्तालाई आक्रमण र धम्क्याउनेलाई तत्काल कार्वाही गर्ने गृहमन्त्री खाँणको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..