धनकुटा । जिल्लाको छथरजोरपाटी गाउँपालिकामा नेपाली कांग्रेस धनकुटाले गाउँ-गाउँ जाऔ, नेपाली कांग्रेसलाई जिताऔं अभियान शुरु गरेको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिकाको जोरपाटीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री सुनिलबहादुर थापाले छथरजोरपाटीको विकास नेपाली कांग्रेसले विजयी प्राप्त गरेपछि मात्र हुने बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले धनकुटामा नेपाली कांग्रेसको विजयी यात्रा शुरु भएको बताउदै धनकुटामा कांग्रेसलाई जिताउनका लागी केन्द्रले जस्तो सुकै सहयोग गर्ने वताउनुभयो ।
नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले धनकुटा जिल्लाको सवै पालिका र वडामा गठबन्धन हुने भएकाले त्यसका निम्ति तयार रहनु कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
पूर्वकेन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठ, उपसभापति निर्मलप्रसाद ओझा, सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, जिल्ला सदस्यहरु विष्णु प्रसाद पौडेल,अम्विका धमला, इन्द्र गुरुङ, पृर्थसिह लिम्बु , महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, क्षेत्रिय सदस्य भिष्म गुरुङ, नेपाली कांग्रेसका युवा नेता मेघराज खतिवडा, नेपाली कांग्रेस छथरजोरपाटीका सभापति छत्र सुब्बा, सचिव पदम भट्टराई, वडा नं. २ का वडा सभापती मानबहादुर पुलामी लगायतले छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसको जनलहर बढेर गएकाले कांग्रेसले जित्ने बताउँनुभयो ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं. १ को हात्तिखर्कका विभिन्न टोलहरुमा समेत आजै नेपाली कांग्रेसले घर-घर जाऔं नेपाली कांग्रेसलाई जिताऔ अभियान संचालन गरेको थियो ।
उक्त कार्यक्रममा केन्द्रिय तथा जिल्ला नेताहरु, क्षेत्र र पालिकाका नेताहरु समेतको सहभागितामा वडा सभापति भोगेन्द्रराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाका सवै वडा र टोल टोलमा घर-घर जाऔं नेपाली कांग्रेसलाई जिताऔं अभियान अहिले संचालन भइरहेकाले कांग्रेसको पक्षमा छथरजोरपाटीमा व्यापक जनलहर आएको नेपाली कांग्रेस छथरजोरपाटीका सभापती छत्र सुब्बाले बताउनुभयो । यसैगरी छगरजोरपाटीको वडा नं. ६ को सिँधुवा र वडा नं. ५ को परेविादिनमा कार्यक्रम सम्पन्न भएको वडा नं. ५ का सभापति ढलक सिंह लिम्बुले वताउँनुभयो ।