धनकुटा । धनकुटाको हिलेबाट नेपाली कांग्रेस धनकुटामा प्रवेश गर्नेको लहरनै चलेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई ,नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्वसभापति हरी कुमार राई,जिल्ला उपसभापती निर्मल ओझा, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य रोशेष श्रेष्ठ, क्षेत्रीय उपसभापति मिलन खड्गी, नगर सभापति नरेश श्रेष्ठ, उपसभापति अमित तामाङ, वडासभापति विरबहादुर तितुङ्ग लगायतले धनकुटाको हिलेबाट नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु हुने २९ जनालाई कांग्रेसमा टिका खादा लगाई दिई स्वागत गर्नुभएको छ ।
धनकुटाको हिलेबाट नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु हुनेहरुमा भीम घिसिङ, साङलामु शेर्पा, सविना तामाङ, सुनिल शाह, ममता शाह, रञ्जना विक, चम्पा विक, मञ्जु विक, भीममाया तामाङ, छेदर शेर्पा, नेत्र लावती, सविना तामाङ, बिमला कटुवाल, दुर्गा दर्जी, रिता विक, रिना विक, अमृता परियार, कल्पना विक, गजेन्द्र घिसिङ, खड्क कटुवाल, इन्द्रकला तामाङ चिता तामाङ लगायत २९ जना रहनु भएको नेपाली कांग्रेस धनकुटा नगरका उपसभापति अमित लो तामाङले वताउनुभयो ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सभापति दिनेश राई, केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सचिव विजय सन्तोषी राई, नगर उपसभापति अमित लो तामाङ, वडा सभापत विरबहादुर तितुङ्ग, वडा उपसभापति हरिलाल तामाङ, सचिव फुर्वा शेर्पा, कोषाध्यक्ष नरहरि गोङ्देन, न्यूरोड टोल वस्ती कार्य समितिका सभापती दिल कुमार राई लगायतले धनकुटाका हिले परिवर्तनको पक्षमा उभिदै गएकोले यस पटक नेपाली कांग्रेसले जित्ने दावी गर्नुभयो । यसभन्दा अघि पनि दुई महिना भित्र विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा ३ सय ९६ जना प्रवेश गरि सक्नु भएको नेपाली कांग्रेस धनकुटाका नगर कार्य समितिका उपसभापती अमित लो तामाडले वताउनु भयो ।