धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसको पहिलो प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न व्यापक ढंगले प्रचार प्रसार गरी निर्वाचन जिताउन सवैलाई आग्रह गर्नु भयो ।
धनकुटा नगरपालिका वडा नं. ७ का हुलाकटोलमा स्थापना गरिएको नेपाली कांग्रेस वडा नं. ७ को प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका १ नम्वर प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, धनकुटाका उपसभापती सुनिल कुमार डंगोल, जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राई, जिल्ला सदस्य रोशेष श्रेष्ठ, नगर सभापति नरेश श्रेष्ठ, वडा सभापति शैलेसमान श्रेष्ठ, उपसभापति कुमार श्रेष्ठ, सचिव उर्गेन शाक्य, सदस्य दुर्गा न्यौपाने लगायतले प्रचार प्रसार कार्यालय मार्फत दैनिक व्यापक ढंगले नेपाली कांग्रेसको पक्षमा प्रचार प्रसार गरी निर्वाचन जित्ने दावी गर्नु भयो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला, क्षेत्र, नगर र वडाका नेताहरुको व्यापक सहभागिता रहेको प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रमको संचालन वडा सचिव उर्गेन शाक्यले गर्नुभएको थियो ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं-७ को प्रचार प्रसार कार्यालय मार्फत स्थानीय तहको एमालेको सरकारले गरेको भ्रष्टाचार लगायत जनविरोधी क्रियाकलापको जनस्तरसम्म भण्डारफोर गरी नेपाली कांग्रेसले जनताको पक्षमा गर्ने कार्यको व्यापक प्रचारप्रसार गर्ने वडा सभापती शैलेसमान श्रेष्ठले वताउनु भयो ।