धनकुटा l स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा नेपाली कांग्रेसलाई विजयी गराउन चुनावी रणनीतिक तथा उम्मेदवारी मनोनयन दर्ता तयारी सम्वन्धि भेला बैसाख ८ गते ११ बजे नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय धनकुटामा गर्ने नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले जनाएको छ ।
धनकुटा नगरपालिकामा स्थानीय तहको निर्वाचनमा अत्यधिक मतले जित्नका लागी चुनावी रणनीतिक तथा उम्मेदवारी मनोनयन दर्ता तयारी सम्वन्धि तयारी भेला बैशाख ७ गते ११ बजे नेपाली कांग्रेस धनकुटा जिल्ला पार्टी कार्यालय धनकुटा ७ मा गरी वृहत रणनितिक योजनाहरु बनाउने नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठले वताउनुभयो ।
धनकुटा नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, सवै १० वटै वडाहरुका सभापतीहरु, वडाबाट सिफारिस भएका उम्मेदवारहरु, धनकुटा नगरबाट जिल्ला समितिमा प्रतिनिधित्व गर्नु हुने सदस्यहरु, क्षेत्रीय समितिमा प्रतिनिधित्व गर्नुहुने सदस्यहरु उक्त भेलामा सहभागीताका लागी सभापती नगर सभापति नरेश श्रेष्ठले अनुरोध गर्नु भएको छ ।
नेपाली कांग्रेस धनकुटा नगरको उक्त वृहत भेलाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारीहरुको मनोनयन दर्ताको दिनको तयारी, वडाहरुमा चुनावी अभियान सम्वन्धि कार्यक्रमहरुको तय,टोल तथा वडा र नगर स्तरीय कार्यक्रमहरुको तय गर्ने र घर दैलो कार्यक्रम , मतदाता शिक्षा सम्वन्धि कार्यक्रम हरुको मिति निर्धारण गरिने नेपाली कांग्रेस धनकुटाका नगर संयोजक तथा जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा नगरपालिकाका सवै वडाहरुमा निर्वाचतमा जित्नको लागी यस पटक नयाँ ढंगबाट टोल टोल र घरघरमा अनि मतदातासम्म पुगेर कार्यक्रम संचालन गरी मतदाता शिक्षालाई घर घरमा गएर सवै मतदाताहरुसंग भेटघाट गरी कांग्रेसलाई रुखमा भोट लिएर जिताउन अनुरोध गर्ने नेपाली कांग्रेस धनकुटका जिल्ला सभापति दिनेश राईले वताउँनुभयो ।
धनकुटा नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन गरी निर्वाचनमा जाने निर्णयले धनकुटा नगरवासीमा नया उत्साह र उर्जा मिल्नुका साथै गठबन्धनको जनलहरु धनकुटामा आएकोले पनि नेकपा एमालेको हार निश्चित भएको र गठबन्धनको जित पक्का भएको छ ।