• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

हामी कुरा हैन काम गर्छौ – नगर प्रमुखका उम्मेदवार दिनेश राई

Dhankuta News by Dhankuta News
२०७९, २७ बैशाख मंगलवार ०७:१६
0
0
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter
हामी कुरा हैन काम गर्छौ – नगर प्रमुखका उम्मेदवार  दिनेश राई

धनकुटा । यहि बैशाख ३० गते हुन गईरहेका स्थानीय तहको निर्वाचन नजिकिएसँग राजनीतिक दलहरुको कार्यक्रमले तीव्रता लिएको छ । यसैक्रममा गठबन्धन दलहरुले नगरका विभिन्न वडाहरुमा घरदैलो र कोणसभा कार्यक्रम गरिरहेका छन् । विभिन्न वडाको घरदैलो कार्यक्रमको क्रममा नगर प्रमुखका उम्मेदवार दिनेश राईले अरु कुरा बढी गर्छ हामीकाम गर्छौ भने ।

उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले घोषणा पत्रमा गरेका अधिकांश जनताको हितमागर्नु पर्ने प्रतिवद्धता पुरा नगरेको आरोप लगाए ।

उम्मेदवार राईले हरेक वडामा औद्योगिक ग्राम बनाउँछु भनेकोमा कहाँ बनाए औद्योगिक ग्राम ? भनेर प्रश्न गरे । उनले नेपाली कांग्रेस सरकारको पालामा बनाईदिएको धनकुटा ६ स्थित औद्योगिक ग्राम पाँच वर्षमा सञ्चालनसमेत गर्न नसकेको आरोप लगाए ।

राईले धनकुटा अस्पतालमा पहिले ९ तहको डाक्टर रहदै आएकोेमा यो पाँच वर्ष निमित्तकै भरमा सञ्चालन भएको भन्दै यसैलाई विशेषज्ञ डाक्टरको सेवा मान्ने ? भनेर प्रश्न गरे । उनले सरकारले बनाईदिएको आईसीयू कक्ष सञ्चालनमा ल्याउन नसक्नेले अब फेरी धनकुटा नगरवासीलाई विशेषज्ञ डाक्टरसहितको अस्पताल बनाउने भनेर फेरी ढाटिरहेको आरोप लगाए । उनले हामी निर्वाचित भएको पहिलो आर्थिक वर्ष भित्रै मृगौला रोगीहरुको उपचारका लागि आवश्यक हुने डाईलोसिस निःशुल्क धनकुटामा नै गर्नेगरी डाईलोसिस सेन्टर सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरे । उनले निम्न आय भएका, एकल महिला, अपाङ्गहरुको निःशुल्क स्वास्थ्य वीमा गरिदिने व्यवस्था मिलाउने र हिलेमा नगर अस्पताल सञ्चालन गर्न पहल गरिने प्रतिवद्धता जनाए ।

यस्तै राईले एमालेको अघिल्लो घोषणापत्रमा उल्लेख गरेका धनकुटा क्याम्पसलाई शैक्षिक हव बनाउन विश्वविद्यालय बनाउने प्रतिवद्धता के भयो भनेर प्रश्न गरे । सो अवसरमा उनले अहिले पनि नगरवासी झुक्याउन अनेक प्रलोभन र आश्वासन बाडिरहेकाले सचेत हुन वडावासीलाई आग्रह गरे ।

राईले अरु कुरा गर्छन हामी काम गर्छौ भन्दै हामी निर्वाचित भए नगरका समस्त कृषकहरुलाई आवश्यक परेको समयमा तत्काल रकम निकाल्न मिल्ने गरी बैंकहरुसँग सहकार्यमा कृषक क्रेडिट कार्ड उपलब्ध गराउने र कृषि तथा पशु वीमा गरिदिने प्रतिवद्धता जनाए । यस्तै उनले ग्रामीण क्षेत्रमा पाँच हजार लिटर भन्दा कम पानी उपभोग गर्ने उपभोक्ताहरुको सम्पूर्ण शुल्क मिनाहा गर्ने बताए ।
सो अवसरमा राईले विद्यालयको स्तर हेरी दिवा खाजा, स्यानिटरी प्याडको व्यवस्थ ागर्ने बताए । यस्तै शिक्षकहरुलाई तालिम, बाहिर गएर उच्च शिक्षा लिनु पर्ने विद्यार्थीलाई शैक्षिक ऋण, छात्रबृत्ति, पुरस्कार तथा सम्मान गर्ने बताए ।

उम्मेदवार राईले याक्चाना त्रिवेणी सडकको स्तरोन्नति गरी आठपहरिया जातिका सहिद रिदिमाहाङ र सहिद रामालिहाङको सम्मानमा नामाकरण गरिने बताए । उनले नगरवासीलाइृ सहज आवातजावतका लागि नगर वस सञ्चालन गर्ने र सो बसमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क गरिने जानकारी दिए ।

सो अवसरमा उप–प्रमुखका उम्मेदवार गणेश विष्टले नगरका एक घर एक रोजगार तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने बताए । उनले यसका लागि निःशुल्क शीपमूलक तालिम, सहुलियत ऋण र वजारीकरणको व्यवस्था मिलाईने बताए ।
विष्टले बसाईसराई नियन्त्रण गर्न तथा आकर्षित गर्न गाउँ जाउ उद्यमी बनौं कार्यक्रम ल्याईने जानकारी दिए । उनले उद्यमीलाई सहुलियत व्याजमा ऋण, अनुदानको व्यवस्था गरिने साथै घरेलु उद्योग प्रवद्र्धन तथा बजारीकरणका लागि कोशेली घर स्थापना गरिने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

को हुन गठबन्धनबाट सहिदभूमिको अध्यक्ष पदका लोकप्रिय उम्मेद्धार जेबी राई ?

Next Post

नेकपा एमालेले महालक्ष्मीको चुनावी सभा बिथोल्न खोजेको गठबन्धनको आराेप

Next Post

नेकपा एमालेले महालक्ष्मीको चुनावी सभा बिथोल्न खोजेको गठबन्धनको आराेप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..