• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चार स्थानीय तहमा गठवन्धन र तीन स्थानीय तहमा नेकपा एमाले विजयी

Dhankuta News by Dhankuta News
२०७९, ५ जेष्ठ बिहीबार ०८:३५
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter
चार स्थानीय तहमा गठवन्धन र तीन स्थानीय तहमा नेकपा एमाले विजयी

धनकुटा l गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सात तहमध्ये चार स्थानीय तहमा गठवन्धन र तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन् । हालसम्म सबै स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । गठवन्धनले पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकामा जित हासिल गर्यो भने नेकपा एमालेले धनकुटा नगरपालिका सहित चौविसे र सहिदभूमि गाउँपालिकामा जित हासिल गर्यो ।

पाख्रिवास नगरपालिकाको प्रमुखमा गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम राईलाई पराजित गरे । मेयरमा विजयी गुरुङले ५ हजार ४९८ मत प्राप्त गर्दा एमालेका भिम राइले ५ हजार ५३ मत प्राप्त गरे । उपप्रमुखमा एमाले कि नम्रता देउजाले बाजी मारिन् । देउजाले ५ हजार ६२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार माओवादीका ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे । पाख्रिवास नगरपालिकाको वडा नं. २, ३, ७, ९ र १० वडा नेकपा एमाले र वडा नं. १, ४, ५, ६ र ८ नं. वडामा गठवन्धनका उम्मेदवार विजयी भए ।

महालक्ष्मी नगरपालिकाको प्रमुखमा गठवन्धनका ध्रुवराज राय निर्चाचित भएका छन् । रायाले नेकपा एमालेबाट उम्मेदवार वनेका दिपक वुढाथोकीलाई १ हजार ३५ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । विजयी रायले ५ हजार ८ सय ७ र पराजित वुढाथोकीले ४ हजार ७ सय ७२ मत प्राप्त गरे । त्यस्तै उपमेयरमा गठवन्धनको उम्मेदवार प्रेम खड्कालाई ६ सय ७५ मतले पराजित नेकपा एमालेकी मञ्जुकुमारी अधिकारी विजयी भइन् । उनले ५ हजार १ सय ६ मत प्राप्त गरिन् । भने उनका निकटम प्रतिद्वन्द्वी खड्काले ४ हजार ४ सय ३१ मत प्राप्त गरे । त्यस्तै महालक्ष्मी नगरपालिकाको वडा नं. १, ४, ८, ९ वडा नेकपा एमाले र वडा नं. २, ३, ५, ६, ७ वडा गठवन्धनका उम्मेदवार विजयी भए ।

नेकपा एमालेका उम्मेदवार चिन्तत तामाङ धनकुटा नगरपालिका प्रमुखमा निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका दिनेश राईलाई १४ मतको झिनो अन्तरले पराजित गर्दै तामाङ नगरप्रमुखमा निर्वाचित भएका छन् । तामाङले ७ हजार ६ सय ६६ र पराजित राईले ७ हजार ६ सय ५२ मत प्राप्त गरे । त्यस्तै उपमेयरमा नेकपा एमालेकै भीम देवी खनाल निर्वाचित भइन् । उनले गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेकपा माओवादी केन्द्रका गणेश बहादुर विष्टलाई ४ सय ८७ मतले पराजित गरिन् । उपमेयरमा निर्वाचित खनालले ७ हजार १ सय ९६ र विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरे । धनकुटाको वडा नं. ३, ५, ६, ७ र १० वडा गठवन्धनले र वडा नं. १, २, ५, ८ र ९ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भए ।

यस्तै सहिदभूमि गाउँपालिमा पनि नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेको छ । निवर्तमान अध्यक्ष समेत रहेका नेकपा एमालेका मनोज राईले गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेकपा एकिकृत समाजवादीका जीतवहादुर राईलाई १ सय ८७ मतान्तरले पराजित गर्दै अध्यक्षमा पूनः निर्वाचित भएका हुन् । विजयी मनोज राईले ४ हजार २ सय १४ र उनका निकटम प्रतिद्वन्द्वी जीतवहादुरले ४ सय २७ ले प्राप्त गरे । त्यस्तै सोही गाउँपालिकाको पूनः उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष समेत रहेकी नेकपा एमालेकी रत्नेश्वरी राई निर्वाचित भइन् । उनले गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका तोर्णबहादुर खड्कालाई १ हजार ३ सय १ मतले पराजित गरिन् । उपाध्यक्षमा विजयी राईले ४ हजार ६ सय २२ र उनका निकटम प्रतिद्वन्द्वी खड्काले ३ हजार ३ सय ७१ मत प्राप्त गरे । सो गाउँपालिकाको वडा नं १, ४ र ५ गठवन्धनले र २, ३, ६ र ७ वडा नेकपा एमालेका उम्मेदवार विजयी भए ।

साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा सत्ता गठवन्धनकोतर्फबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका जीतेन्द्र राई विजयी भए । उनले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार जंग याखालाई ५ सय ७१ मतले पराजित गरे । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा विजय भएका राईले ५ हजार ३ सय ९९ र उनका प्रतिद्वन्द्वी याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेका थिए । अघिल्लो २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यी दुई उम्मेदवार विच प्रतिस्पर्धा भएको थियो । जसमा एमालेका कुमार जंग याखाले ११ सय १६ मत बढी ल्याएर वाजी मारेका थिए । त्यति बेला याखाले ४ हजार ४ सय ४९ र जितेन्द्र राईले ३ हजार ३ सय ३३ मत ल्याएका थिए । यो चुनावमा भने यी दुई वीचको मतान्तर ५ सय ७१ हुन पुग्यो । जसमा कांग्रेसका राईले बाजी मार्न सफल भए ।गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार मुना राई विजयी भइन् । उनले गठवन्धनको तर्फबाट उ्रम्मेदवार वनेका जसपाका लिलाराज लावतीलाई ५ सय १५ मतले पराजित गरिन् । विजयी राईले ४ हजार ६ सय ५० र लावतीले ४ हजार १ सय ३६ प्राप्त गरे ।

साँगुरीगढी गाउँपालिकाको कुल १० वडामध्ये ६ वडामा नेकपा एमाले र ४ वडामा गठवन्धनका उम्मेदवार विजयी वने । नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार वनेका वडा नं. १ मा गोविन्द लिम्बू, वडा नं. ४ मा जीवनकुमार लिम्बू, वडा नं. ७ मा पूर्णप्रसाद राई, वडा नंं ८ मा हृदयनारायण राई, वडा नं. ९ मा जीतवहादुर राई र वडा नं. १० मा एकबहादुर राई विजयी भए । त्यस्तै गठवन्धनबाट वडाध्यक्षको उम्मेदवार वनेका २ नं. वडामा योगेन्द्रबहादुर इङ्नाम (लिम्बू), वडा नं. ३ मा टेकप्रसाद लिम्बू, वडा नं ५ मा खड्गबहादुर लिम्बू र वडा नं. ६ मा यमप्रकाश मगर विजयी भए ।

यसैगरी चौविसे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठवन्धनका उम्मेदवार दलवहादुर मगरलाई १ हजार ४७ मतले पराजित गर्दै एमालेका उम्मेदवार राजकुमार लिम्बू विजयी भए । उनले ५ हजार ३५ र मगरले ३ हजार ९ सय ९१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार टंक माया पाङ्मी मगरले मगर गठवन्धनका मंगलकुमार लिम्बूलाई ९ सय ९५ मत पराजित गर्दै विजयी भइन् । विजयी मगरले ४ हजार ९ सय ८३ र पराजित लिम्बूले ३ हजार ९ सय ८८ मत प्राप्त गरे । गाउँपालिकाको वडामा पनि नेकपा एमालेकै वर्चश्व भएको छ । नेकपा एमालेको तर्फवाट वडाध्यक्षम उम्मेदवार वनेका वडा नं. २ मा एनोज तुम्सा, वडा नं. ३ मा मदन तुम्सा, वडा नं. ४ मा लोकेन्द्र मगर, वडा नं. ५ मा आशिष लिम्बु, वडा न.. ८ मा धनकुमार लिम्बु विजयी भए । त्यस्तै गठवन्धनको तर्फबाट वडाध्यक्षमा उम्मेदवार वनेका वडा नं. १ मा दिपकुमार श्रेष्ठ, वडा नं. ६ मा आशिष लिम्बू र वडा नं. ७ मा रुद्रप्रसाद चेम्जोङ्ग (लिम्बू), विजयी भए ।

यस्तै छथरजोरपाटी गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष सहित अधिकांश वडामा गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा विजयी भए । उनले गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बूलाई १ सय ९५ मतले पराजित गरे । विजयी सुब्बाले ४ हजार ३ सय ५९ मत र पराजित लिम्बूले ४ हजार १ सय ६४ मत प्राप्त गरे । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठवन्धनको तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी गिता खेवा गुरुङ विजयी भइन् । उनले नेकपा एमालेकी उम्मेदवार गोमा कार्की दाहाललाई ६ सय ९६ मतले पराजित गरिन् । गुरुङले ४ हजार ३ सय ८७ र पराजित कार्कीले ३ हजार ६ सय ९१ मत प्राप्त गरिन् । उपाध्यक्षमा विजयी गुरुङ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थराज्य मन्त्री स्वर्गीय हरिराज खेवाको श्रीमति समेत हुन् । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार वनेकी उनी नेकपा एमालेकी उम्मेदवार भीमकला श्रेष्ठसँग १ हजार २ सय १६ मतले पराजित भएकी थिइन् । त्यो वेला गुरुङले २ हजार ७३ र श्रेष्ठले ३ हजार २ सय ८९ मत प्राप्त गरेका थिए ।

गाउँपालिकाको वडाहरुमा गठवन्धनको वर्चश्व रह्यो । ६ वडामध्ये गठवन्धनले ४ वडामा जित हासिल गर्दा नेकपा एमालले २ वडामा मात्रै विजयी हासिल गर्न सफल भयो । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ६ मध्ये ५ वडा जितेको थियो । गठवन्धनको तर्फबाट वडाध्यक्षमा उम्मेदवार वनेका वडा नं १ मा गोविन्द लिम्बू, वडा नं. २ मा कृष्णसारु मगर, वडा नं. ५ मा डिकबहादुर लिम्बू, वडा नं. ६ मा दिपक गुरुङ विजयी भए । त्यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार वनेका वडा नं. ३ मा ज्ञानबहादुर लिम्बू, वडा नं ४ मा टेकबहादुर तामाङले मात्रै जित हासिल गरे ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा कांग्रेसद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद

Next Post

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

Next Post
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..