धनकुटा । साँगुरीगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जितेन्द्र राईले औपचारिक रुपमा पदभार ग्रहण गर्दै विपन्न, अल्पसंख्यक, एकल महिला, दलित अपाङ्गहरुको निःशुल्क स्वास्थ्य विमा बापतको रकम गाउँपालिकाले व्यहोर्ने र स्थानीय स्तरमा करको दर घटाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
आर्थिक अभावका कारण उपचार गर्न नसक्ने नागरिकलाई लक्षित गरि विमा बापतको रकम गाउँपालिकाले व्यहोर्ने गरि निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष राईले बताए । त्यस्तै स्थानीय स्तरमा लाग्ने करको दर घट्ने गरि समायोजन गर्ने निर्णय समेत गरिएको उनको भनाई छ ।
सो निर्णय आगामी कार्यपालिका वैठकबाट अनुमोदन गरिने छ । नवनिर्वाचित अध्यक्षले शुक्रवार गरेको निर्णयको विषयलाई घोषणापत्रमा समेटेका थिए ।