धनकुटा । नेपाली कांग्रेस प्रदेशसभा ख धनकुटाले चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने भएको छ ।
शनिवार वसेको प्रदेशसभा ख क्षेत्रीय कार्य समितिको वैठकले आगामी भाद्र १० गतेबाट चुनाव केन्द्रित ‘कांग्रेस जिताउ’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति राजन पौडेलले बताए ।
अभियान आगामी मंसिर ४ गते हुने संघ र प्रदेश चुनाव केन्द्रित हुने उनको भनाई छ । त्यस्तै उक्त बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गर्दै पार्टी र गठबन्धनलाई जिताउन लागि पर्ने सबै नेता तथा कार्यकर्तालाई विशेष धन्यवाद र बिजेताहरूलाई बधाई ज्ञापन गरेको छ ।
प्रदेशसभा ख, धनकुटाको बैठकमा वडागत रूपमा वार्ड प्रतिनिधिहरूले प्रतिवेदन पेश गरिएको र आगामी निर्वाचन रणनीति तय गर्न सचिव दिलराज घिसिङको संयोजकत्वमा गोपाल राई, पर्शु कार्की, चिरञ्जीवी थापा, युवराज पराजुली सम्मिलित समिति गठन गरेको छ ।
उक्त अवसरमा नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ क्षेत्रीय सभापति पौडेलले संगठनका गतिविधिलाई तल्लो तहसम्म संचालन गरेर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कांग्रेसको नेतृत्वमा गठबन्धनलाई जिताउन आग्रह समेत गरे ।
उक्त निर्वाचनमा गठबन्धन दलको नेतृत्व स्थापित हुने विश्वास ब्यक्त गर्दै एकताबद्ध भई अगाडि बढ्न सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरिएको सचिव घिसिङले जानकारी गराए ।