धनकुटा । ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्र धनकुटाले निवन्ध प्रतियोगिताको आयोजना गरेको छ ।
‘उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको आधार’ भन्ने शिर्षकमा सम्पन्न प्रतियोगितामा धनकुटा–५ स्थित गोकुण्डेश्वर वालमन्दिर माध्यमिक विद्यालयकी कक्षा–१० मा अध्ययनरत विद्यार्थी मञ्जिला ओझा प्रथम भइन् ।
त्यस्तै गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रविण कटुवालले द्वितिय स्थान प्राप्त गरे । प्रतियोगितामा तुलसी मेहर मेमोरियल इङ्लिस वोर्डिङ्ग स्कुलकी विद्यार्थी भूमिका वस्नेत र गोकुण्डेश्वर माध्यमिक विद्यालयकी गरिमा रायमाझी तृतिय भए । त्यस्तै निजामती आवासीय विद्यालयका विद्यार्थी इनुसा लिम्बु र तुलसी मेहर मेमोरियल इङ्लिस वोर्डिङ्ग स्कुलकी विधि लिम्बुले सान्त्वना पुरस्कार हात पारे ।
निवन्ध प्रतियोगितामा प्रथम हुनेलाई नगद २ हजार, द्वितिय स्थान प्राप्त गर्नेलाई नगद १ हजार पाँच सय, तृतिय हुनेलाई नगद एक हजार र सान्त्वना हुनेलाई नगद पाँच सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कृषि ज्ञान केन्द्रका धनकुटा प्रमुख नगेन्द्रबहादुर रानाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा धनकुटा नगरभारिका पाँच विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख लोकनाथ ढुंगाना, कृषि विकास वैंक धनकुटाका प्रवन्धक केदारनाथ धिताल, मूल्याङ्कनकर्ता केदार दाहालले निवन्ध प्रतियोगिताको समापनमा मन्तव्य राख्नु भएको थियो ।